
काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज केन्द्रीय कार्यालय कपिलबस्तुमा सुरु भएको छ। बैठकमा महासचिव विप्लव सीले “विशिष्ट परिस्थितिको विशेष कार्यभार” शीर्षकमा राजनीतिक प्रस्ताव पेस गरेका छन्।

स्थायी समिति सदस्य अनिल सीका अनुसार, ८ पृष्ठ लामो प्रस्तावमा जेन–जी विद्रोह, हालको राजनीतिक घटनाक्रम र भविष्यका रणनीतिहरूको विश्लेषण समावेश गरिएको छ। बैठकमा छलफल पश्चात् पास हुने प्रस्ताव भोलिदेखि सुरु हुने नेकपा केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने योजना छ।