हिपमत डटकम

शनिबार, आश्विन २५, २०८२ || 6201  पटक पढिएको

नेपालगञ्ज — बाँकेमा विशेष मतदाता नामावली सङ्कलन अभियान सुरु भएसँगै एक सातामै ४१५ नयाँ मतदाता थपिएका छन्। जिल्ला निर्वाचन कार्यालय, बाँकेका अनुसार असोज महिनाको पहिलो साताभित्रै ती मतदाताले नाम दर्ता गराएका हुन्।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले नयाँ मतदातामध्ये अधिकांश युवा समूहका रहेको जानकारी दिए। उनका अनुसार, “नाम दर्ता गराउनेमध्ये ३५ वर्ष मुनिका व्यक्तिहरू बढी छन्।” उनले मतदाता नामावलीमा दैनिकजसो नयाँ नाम थपिँदै गएको पनि बताए।

जिल्ला निर्वाचन कार्यालयले असोज ६ गतेदेखि नामावली सङ्कलन तथा अद्यावधिकका लागि स्थानीय तहहरूमा सूचना जारी गरेको थियो। नागरिकताको प्रमाणपत्र, विवाह प्रमाणपत्र (विवाहपछि बसोबास परिवर्तन भएकाहरूका लागि) लगायतका कागजातका आधारमा दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

अहिले बाँकेमा जम्मा तीन लाख ३३ हजार ९३४ मतदाता रहेका छन्। तीमध्ये एक लाख ६९ हजार ८७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य मतदाता रहेको कार्यालयले जनाएको छ।

अधिकारी शाहीका अनुसार यसपटकको अभियान ‘विशेष मतदाता नामावली सङ्कलन’का रूपमा सञ्चालन भइरहेको छ, जसमा नयाँ नाम दर्तासँगै त्रुटि सच्चाउने, ठेगाना स्थानान्तरण गर्ने र अद्यावधिक गर्ने काम अनलाइनमार्फत समेत भइरहेको छ।

असोजको पहिलो सातामा मात्र ४० जनाको विवरण अद्यावधिक, १७ जनाको ठेगाना परिवर्तन, र सयौंको नाम सुधार गरिएको उनले बताए। शाहीका अनुसार मतदाता दर्ता गराउनेमध्ये अधिकांश नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका बासिन्दा छन्।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!