हिपमत डटकम

शनिबार, आश्विन २५, २०८२ || 7124  पटक पढिएको

काभ्रे — गत साताको भीषण बाढीले क्षतिग्रस्त बनाएको बीपी राजमार्ग फेरि सञ्चालनमा आएको छ। डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार १९ स्थानमा अस्थायी ‘डाइभर्सन’ निर्माण गरी शुक्रबार साँझ ‘ट्रयाक’ परीक्षणपछि आज बिहानदेखि राजमार्ग पूर्ण रूपमा खुलाइएको हो।

कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार चौकीडाँडा, कटुञ्जे–घुमाउने, चारसयबेँसी, गिम्दीबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँसी, पिप्ले र माम्तीका विभिन्न स्थानमा डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिएको हो। “रातभर काम गरेर आज बिहानदेखि सम्पूर्ण खण्डमा सवारी सञ्चालन सुरु भएको छ,” उनले भने।

बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक बगाएको थियो। त्यसपछि मङ्गलबारदेखि अस्थायी सडक निर्माण थालिएको र बिहीबार रातिसम्म करिब दुई दर्जन मेसिन प्रयोग गरेर काम सम्पन्न गरिएको कार्यालयले जनाएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले बिहीबार स्थल निरीक्षण गर्दै राजमार्ग सुचारु गर्नका लागि डाइभर्सन निर्माणलाई तीव्रता दिन निर्देशन दिएका थिए। उनले रातको समयमा समेत काम निरन्तर गर्न आदेश दिएका थिए।

पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने छोटो दूरीको यो राजमार्गबाट दैनिक हजारौँ सवारीसाधन आवतजावत हुने गर्छ। डिभिजन सडक कार्यालयले अब स्थायी पुनर्निर्माणका लागि राजमार्गलाई चार खण्डमा विभाजन गरी ठेक्का प्रक्रियामा अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!