हिपमत डटकम

बुधबार, आश्विन २२, २०८२ || 493  पटक पढिएको

असोज — नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला ३–२ ले जितेको छ। आज सम्पन्न अन्तिम तथा पाँचौं खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गर्दै शृंखला आफ्नो पक्षमा पारेको हो।

आजको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनायो। १०४ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा सहजै पूरा गर्‍यो।

शृंखलाको बाँकी खेलहरूमा नेपालले दोस्रो र चौथो खेलमा ६–६ विकेटले जित हासिल गरेको थियो, जबकि पहिलो खेलमा ३ रनले र तेस्रो खेलमा १३ रनले पराजित भएको थियो।

यस जितसँगै नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रदर्शनलाई थप मजबुत बनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!