एजेन्सी – विश्वभर नवीकरणीय ऊर्जा विस्तारमा अपेक्षित गति रोकिएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार अमेरिकी र चिनियाँ नीतिगत परिवर्तनका कारण सन् २०३० सम्मको नवीकरणीय ऊर्जा लक्ष्य पुरा गर्न चुनौती बढेको छ।

पहिलेको अनुमान अनुसार ५,५०० गिगावाट वृद्धि हुने अपेक्षा गरिएको थियो, तर नयाँ मूल्याङ्कनले यो चार हजार ६ सय गिगावाटमा सीमित हुने देखाएको छ। अमेरिकामा परियोजनाहरूमा कडा नियमन र कर छुटमा परिवर्तन हुँदा वृद्धि करिब ५० प्रतिशतले घटेको छ। चीनमा स्थायी शुल्क प्रणालीको परिवर्तनले परियोजनाको नाफामा असर पारेको भए पनि चीन अझै विश्व नवीकरणीय ऊर्जा वृद्धि गर्ने मुख्य शक्ति रहेको आईईएले जनाएको छ।

त्यसैगरी भारतले सन् २०३० को लक्ष्य पूरा गर्ने दिशामा रहेको र नवीकरणीय ऊर्जाको दोस्रो ठूलो बजार बन्ने अपेक्षा गरिएको छ। मध्यपूर्व, उत्तर अफ्रिका र यूरोपका केही देशहरूमा पनि वृद्धि दर उच्च देखिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!