सोमबार, चैत्र १७, २०७६ || 1106  पटक पढिएको

कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न तनहुँको सदरमुकाम दमौलीको बजार क्षेत्रमा आइतबार किटनाशक औषधि छर्किएको छ । स्थानीय युवाहरुको सक्रियतामा बजार क्षेत्रमा किटनाशक औषधि छर्किएको हो । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधि छर्किएको व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार तरकारी लाइन, पराशर टोल, महर्षि टोल, निमचोक टोललगायतका ठाउँमा किटनाशक औषधि छर्किएको र अन्य ठाउँमा पनि किटनाशक औषधि छर्किने तयारी गरिएको छ । “बढी भीडभाड हुने स्थान छनोट गरेर किटनाशक औषधि छर्किन शुरु गरेका हौँ”, उहाँले भन्नुभयो । दमौली निवासी लक्ष्मीभक्त खनाल, सुरेश पुरी, लक्ष्मण सुनार, मनोज पोखरेललगायतको संयुक्त लगानीमा किटनाशक औषधि खरिद गरी बजार क्षेत्रमा छर्किएको व्यास नगरपालिका–३ का वडा सदस्य रवीन पौडेलले बताउनुभयो । औषधि छर्किनका लागि युवाहरु प्रकाश श्रेष्ठ, विश्व श्रेष्ठ, सुदीप काफ्ले, लक्ष्मीभक्त खनाललगायत खटिनुभएको थियो । सोडियम हाइड्रोक्लोरेडलाई पानीमा मिसाएर छर्किएकाले यसले किटाणु मर्ने र रोगको सङ्क्रमण हुन नदिने बताइएको छ । यसैगरी व्यास नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणबाट बच्न घरभित्रै बस्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेको छ । २३ घरपरिवारलाई खाद्यान्न वितरण छिमेकी सहयोगी अभियानमार्फत तनहुँको व्यास नगरपालिका–१२ का २३ विपन्न परिवारलाई आइतबार खाद्यान्न वितरण गरिएको छ । अभियानमार्फत उक्त वडाका घर्ती, चेपाङ र तामाङ समुदायका २३ लगायत विपन्न परिवारलाई चामल वितरण गरिएको हो । व्यास युवा क्लब सञ्जाल दमौलीका अध्यक्ष गौरव पन्थ र सामाजिक युवा अभियन्ता लक्ष्मीभक्त खनालको संयुक्त पहलमा ती परिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको हो । आर्थिकरूपमा विपन्न रहेकाहरुलाई दमौली निवासी सुनिल घिमिरे र सुरेश घिमिरेबाट आठ बोरा चामल, श्याम मौरातीबाट पाँच बोरा चामल, सन्तोष गोदारबाट पाँच बोरा चामल र पोखरा निवासी अर्जुन केसीबाट पाँच बोरा चामल प्राप्त भएको थियो । दैनिक ज्यालादारी गरी छाक टार्ने र लकडाउनका कारण समस्यामा परेका उनीहरुलाई सहयोग गरिएको सामाजिक युवा अभियन्ता खनालले जानकारी दिनुभयो । “आपत्कालीन अवस्थामा सबै काम ठप्प हुँदा व्यास नगर क्षेत्रभित्र समस्यामा पर्नेहरुलाई खानाको जोहो गर्ने उद्देश्यस्वरुप सहयोग अभियान शुरु गरेका छौँ”, खनालले भन्नुभयो, “दानवीरले गरेको सहयोग आपत्मा परेकालाई उपलब्ध गराउन हामी माध्यम बनेका हौँ ।” चामल पाउनेमा व्यास नगरपालिका–१२ नन्दीमाया घर्ती, भीमबहादुर घर्ती, पूर्णबहादुर घर्ती, गोरे घर्ती, पुन्टे कामी, हर्क तामाङ, ललित तामाङ, सोमबहादुर तामाङ, मिलन तामाङ, नवे घर्ती, विकास घर्ती, मनिषा सुनार, रुन्ची घर्ती, अजित तामाङ, घले बुढा, कल्पना परियार, विमला परियार, मीरा परियार, मधु परियार, श्रीमाया गुरूङ, कान्छी गुरूङ, कुमार गुरूङ र पप्पु तामाङ रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!