हिपमत डटकम

मंगलबार, साउन २१, २०८२ || 342  पटक पढिएको

गुल्मी, २० साउन – अविरल वर्षाका कारण कालीगण्डकी करिडोरसहित गुल्मीका चार स्थानमा सडक अवरुद्ध भएका छन्। पहिरोका कारण यातायात पूर्ण रूपमा ठप्प भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुका अनुसार, कालीगण्डकी गाउँपालिकाको वडा नं. १, २ र ३ मा पर्ने गरगरे, राक्से र कनौटा क्षेत्रमा आज बिहानैदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।

त्यस्तै, रिडी–वामीटक्सार सडकअन्तर्गत सत्यवती गाउँपालिका–६ स्थित डहरे खोला, चन्द्रकोट गाउँपालिका–८ को तल्लाफाँट, र रिडी–खज्र्याङ सडक पनि पहिरोका कारण बन्द भएको छ।

गत तीन दिनदेखि गुल्मी तथा वरपरका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जसका कारण कालीगण्डकी नदीको सतह पनि बढ्दै गएको छ।

जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत रहन आग्रह गरेको छ। सूचना स्रोत: रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!