हिपमत डटकम

मंगलबार, साउन २१, २०८२ || 423  पटक पढिएको

काठमाडौं, २० साउन — नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला पन्तले सरकारले ल्याउन लागेको बहुविवाहलाई कानुनी मान्यता दिने प्रस्तावप्रति गम्भीर आपत्ति जनाएकी छिन्।

बहुविवाह फौजदारी अपराध भएको उल्लेख गर्दै उनले यस्तो प्रस्ताव संविधान, सामाजिक मूल्य र लैङ्गिक समानताविरुद्ध भएको बताएकी छन्।

अपराध संहिता २०७४ को दफा १७५ मा नयाँ उपदफा थप्दै, विवाहबाट सन्तान भइसकेको वा महिला गर्भवती भएमा विवाह बदर नहुने व्यवस्था गर्न खोजिएको छ।

हाल भने दोस्रो विवाह स्वतः बदर हुने र एकदेखि पाँच वर्षसम्म कैद तथा जरिवानाको व्यवस्था छ।

डा. सङ्ग्रौलाले प्रस्तावले महिला–पुरुष असमानता, घरेलु हिंसा र यौन शोषण बढाउने भन्दै मस्यौदा सदनमा पेस हुनु अगावै खारेज गर्न सरकारलाई आग्रह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!