हिपमत डटकम

मंगलबार, साउन २१, २०८२ || 558  पटक पढिएको

काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नियमित तथा ग्रेड वृद्धि (आंशिक) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ।

कुल ३ लाख ९६ हजार ३४७ नियमित परीक्षार्थीमध्ये २ लाख ४२ हजार ४६५ जना (६१.१७%) ग्रेडेड भएका छन्। आंशिकतर्फ १ लाख १४ हजार ६४० विद्यार्थीमध्ये ४१ हजार ८४० जना (३६.४९%) ग्रेडेड भए।

उत्तीर्णमध्ये:

  • ३.६१–४.०० GPA: १३,५०२ जना

  • ३.२१–३.६० GPA: ५५,८९६ जना

  • २.८१–३.२० GPA: ९४,२६८ जना

  • २.४१–२.८० GPA: ६९,८१२ जना

  • २.०१–२.४० GPA: ८,९६४ जना

  • १.६१–२.०० GPA: २३ जना

परीक्षामा अनुशासनहीनता देखिएको भन्दै १७ जनाको नतिजा रद्द गरिएको छ। पूरक परीक्षा आगामी भदौ २८ र २९ गते हुने छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!