अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या पछिल्लो एक हप्तामा ह्वात्तै बढेको छ । यहाँ संक्रमितको संख्या चीन र इटलीमा भन्दा पनि बढी छ ।

डाटालाई केलाउने हो भने पछिल्लो सात दिनमा यहाँ संक्रमितको संख्या चौगुणाले बढेको छ ।

गत मार्च २३ तारिख बिहानको डाटा अनुसार अमेरिकामा संक्रमितको संख्या ३४ हजार थियो । त्यतिबेला ४ सय १४ जनाको मृत्यु भएको बताइएको थियो ।

त्यसको एक हप्तापछि १ लाख ३९ हजार व्यक्तिमा संक्रमणको पुष्टि भइसकेको सीएनएनको डाटाले बताएको छ । यो एक हप्तामा चार गुणाको वृद्धि हो ।

ह्वाइट हाउसका कोरोनाभाइरस टास्क फोर्सका एक सदस्य डा. एन्थोनी फसीले संक्रमितको संख्या १० लाखसम्म पुग्ने अनुमान गरेका छन् ।

राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार पत्रकार सम्मेलनमा मृतकको संख्या १ लाख वा सोभन्दा कम राख्न सकियो भने हामीले निकै राम्रो काम ग–यौं भनेर बुझ्नुपर्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!