हिपमत डटकम

बिहिबार, जेठ ०९, २०८२ || 3637  पटक पढिएको

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले समाजमा पछिल्लो समय बढेको पारिवारिक झैझगडा , पतिपत्नी बिचको हिंसा , गाली बेईज्जती सम्बन्धि मुद्दा आदि न्यूनीकरण गर्न अनौठो स्किम ल्याएको छ ।

नगरपालिकाले समाजमा झैझगडा नगरी , परिवारमा शान्ति कायम गरि उदाहरणीय बनेर बसेका युगल दम्पतीहरुलाई सम्मान गर्ने ‘ढुकुर जोडि’ सम्मान कार्यक्रम ल्याएको हो ।

नगरपालिकाले बुधबार सूचना प्रकाशन गरी कार्यक्रममा सहभागी हुन नगर क्षेत्रका दम्पतीलाई आह्वान गरेको छ ।

ढुकुर चरालाई प्रेमको प्रतीक मानिने भएकोले त्यही चराको जोडीलाई सम्झाउने दम्पती छनोट गर्न कार्यक्रम अघि सारिएको मेयर केदारप्रसाद गुरागाईंले बताए । उनले भने, “प्रेम, पारिवारिक सम्बन्ध र आपसी समझदारी कायम गरेका दम्पतीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम ल्याएका हौँ ।” सुन्दरहरैँचामा १२ वटा वडाबाट उत्कृष्ट हुने ढुकुर जोडीको तस्बिर वडा कार्यालयमा एक वर्षसम्म राखिने गुरागाईंले बताए ।

ढुकुर जोडी छनोटका लागि नगरपालिकाले मापदण्ड बनाएको छ । मापदण्डमा पर्नेहरूले आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । विवाह गरेको १० वर्ष पूरा भएका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

विवाह दर्ता, स्थायी बासिन्दा, छोराछोरीका जन्मदर्ता, उमेर पुगेको भए छोराछोरीको नागरिकता बनाएको, बुवा–आमा वा सासू–ससुरासँग बसेको हुनुपर्ने, उनीहरूलाई राम्रो हेरचाह गरेको हुनुपर्ने, अदालत, प्रहरी चौकी, न्यायिक समिति गायत निकायमा श्रीमान्–श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने, नेपालमै बसेको र विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा दुई वर्षभन्दा बढी नबसेका दम्पतीले दरखास्त दिन सक्ने नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!