रामकुमार परियार

शनिबार, बैशाख २७, २०८२ || 1176  पटक पढिएको

पथरीशनिश्चरे । पथरीमा आयोजना भईरहेको नगर खेलकुद महोत्सव अन्तर्गतको फुटबलको फाईनलमा प्रभात सामुदायिक फुटबल क्लबसंग देविगञ्ज फुटबल क्लबको भेट पक्का भएको छ ।

आज (शनिबार) पथरी रंगशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा सुनौलो कल्याण फुटबल क्लबलाई ५-० को विशाल अन्तरले पराजित गर्दै देविगञ्जले फाईनलमा प्रभातसंगको भेट पक्का गरेको हो ।

पहिलो हाफसम्म निकै प्रतिस्पर्धात्मक रहेको खेलमा दुवै टिमले गोल गर्ने थुप्रै अवसरहरु पाएका थिए । शुरुवाती चौथो मिनेटमै सुनौलोका खेलाडीले पाएको गोल गर्ने अवसर गुमाएका थिए । पहिलो अवसरमा गोल गर्न चुकेका सुनौलोका खेलाडीले १२ औं मिनेटमा गरेको सुट पोलमा ठोक्किए बाहिरिएको थियो ।

१४ औं र १७ औं मिनेटमा देविगञ्जका स्ट्राईकरले गरेको प्रहार सुनौलोका गोलरक्षक अनिस लिम्बुले बचाएका थिए । २५ औं मिनेटमा देविगञ्जका क्याप्टेन सन्तोष न्यौपानेको प्रहार पनि गोलकिपरको हातमा पुगेको थियो ।

पहिलो हाफमा दुवै तर्फबाट गोल हुन नसकेपछि दोस्रो हाफमा देविगञ्जले रणनीति परिवर्तन गर्दै आक्रमक शैलीमा प्रस्तुत भएको थियो ।

देविगञ्जका स्ट्राईकर मिक्सन दासले ४७ औं मिनेटमा पहिलो गोल गर्दै आफ्नो टिमलाई १-० को अग्रता दिलाएका थिए । पहिलो गोल गरेको ५ मिनेटमा मिक्सनले दोस्रो गोल गर्दै देविगञ्जलाई २-० को अग्रता दिलाए ।

दोस्रो हाफमा एकतर्फि बनेको खेलको ६५ औं मिनेटमा देविगञ्जका क्याप्टेन सन्तोष न्यौपानेले १ गोल थपेका थिए भने ६८ औं मिनेटमा मिक्सनले ह्याट्रिक गर्दै आफ्नो टिमलाई ४-० अग्रता दिलाएका थिए । दोस्रो हाफको समाप्ति संगै थपिएको अतिरिक्त समयमा देविगञ्जका खेलाडी छोसाङ गुरुङले १ गोल गरेका थिए ।

५-० को अन्तिम नतिजा संगै खेलको म्यान अफ द म्याच देविगञ्जका मिक्सन दास भए । उनले नगद रु २ हजार सहित ट्रफी र मेडल प्राप्त गरे ।प्रतियोगिताको फाईनल आगामी बैशाख ३० गते प्रभात सामुदायिक फुटबल क्लब र देविगञ्ज फुटबल क्लब बिच पथरी रंगशालामा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!