हिपमत डटकम

बिहिबार, बैशाख १८, २०८२ || 5628  पटक पढिएको

विराटनगर । व्यावसायिक खेलबाट सन्यास लिएको अष्ट्रियाको तिरोलस्थित हिप्पो तिरोल भलिबल क्लबमा आबद्ध खेलाडीहरुलाई नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)ले सम्मानसहित विदाई गरेको छ ।

अष्ट्रियाको पर्यटकीय सहर इन्स्ब्रुकस्थित सेन्सी डिलाइट्स रेष्टुरेन्ट कौफहाउस तिरोलमा आयोजित कार्यक्रममा क्लबले खेलाडीहरुलाई सम्मानसहित विदाई गरेको हो । केही समयअघिबाट सञ्चालनमा आएको इन्स्ब्रुककै आकर्षक रेष्टुरेन्टमा क्लबले विशेष कार्यक्रम गरेर विदाई गरेको थियो । कार्यक्रममा नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)का अध्यक्ष दिलकुमार घमाल, पर्यटन व्यवसायी तथा समाजसेवी सोमत घमाललगायतले खादा लगाएर विदाई गरेका थिए । हिप्पो तिरोल भलिबल क्लबले आफ्नो इतिहासमा १३ औं च्याम्पियनसिप उपाधि जितेको थियो ।

हिप्पो अष्ट्रियाकै उत्कृष्ट भलिबल क्लबका रुपमा परिचित रहेको छ । आर्थिकमन्दीलगायत विविध कारणले हिप्पो भलिबल क्लबले व्यावसायिक जीवनबाट सन्यास लिनु निकै दुखद भएको नेपाली युरोपियन स्पोर्ट क्लबका अध्यक्ष घमालले बताए । अष्ट्रियामा मात्रै होइन युरोपमै चर्चित क्लबलाई आफूले सञ्चालन गरेको रेष्टुरेन्टमा आमन्त्रण गरेर सम्मानसहित विदाई गर्न पाउनु निकै राम्रो अवसर पनि भएको अध्यक्ष घमालको प्रतिक्रिया थियो । अध्यक्ष घमालले युरोपियन स्पोर्ट क्लबका तर्फबाट हिप्पो क्लबका खेलाडीहरुको आगामी जीवन थप सफल होस् भन्ने शुभकामनासमेत दिए ।

सन् २०२० मा स्थापित नेपाली युरोपियन स्पोर्ट क्लब अष्ट्रिया (एनईएससी)ले बेला–बेला भलिबल प्रतियोगिता गर्नुका साथै विभिन्न देशमा आयोजना हुने प्रतियोगितामा समेत सहभागिता जनाउँदै आएको छ । हिप्पो क्लबका खेलाडीहरुले रेष्टुरेन्टको अवलोकनसमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!