आइतबार, चैत्र १६, २०७६ || 835  पटक पढिएको

ओखलढुङ्गामा खानेपानी महसुल ५० प्रतिशत छुट हुने भएको छ । सदरमुकाम र आसपासका क्षेत्रमा खानेपानी वितरण गर्दै आएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले लकडाउनमा बसेका उपभोक्तालाई खानेपानी महसुलमा आधा रकम छुट दिने भएको हो । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसले आम उपभोक्तालाई समेत प्रभावित पारेकाले सङ्कटको समयमा चैत महिनाभरिको खानेपानी महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव रुपेश शाक्यले जानकारी दिनुभयो । समितिले घर आँगन सफा राख्न, खानेपानी शुद्धीकरण गरेर प्रयोग गर्न उपभोक्ताहरुमा अपिल गरेको छ । सदरमुकाममा खानेपानीका करिब ९०० उपभोक्ता छन् । समितिले सिद्धिचरण नगरपालिकाको वडा नम्बर ११ र १२ सहित आसपासका क्षेत्रमा खानेपानी सुविधा दिँदै आएको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!