विविध सामाजिक कार्यमा सक्रिय रहँदै आएका सिरहा क्षेत्र नं. ४ का “क” प्रदेश सभाका सांसद दिलिप साहले विपन्न वर्गलाई अबिलम्ब राहत उपलब्ध गराउनको मांग गरेको छ ।
नोवेल कोरोना भाइरस (कोभिड–१९)को विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र फैलिनबाट रोकन देशमा लकडाउन गरिएको बेला दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न वर्गका जनतालाई अबिलम्ब राहत उपलब्ध गराउन प्रदेश २ का सांसद दिलिप साहले मांग गरेका छन् । सिरहा क्षेत्र नं. ४ का “क” प्रदेश सभाका सांसद समेत रहेका साहले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रदेश २ सरकारले स्थापना गरेको राहतकोष भन्दा पनि व्यवस्थापन पक्ष मजबुत गर्नुपर्ने बताए ।
व्यवस्थापन अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाई छ । अहिले सरकारले राहतकोष खडा गर्नुभन्दा पनि व्यवस्थापन तर्फ ध्यान केन्द्रित गर्नुपर्ने बढि आबश्यकता रहेको उनले जिकिर गरे । उनले भने,‘अहिलेको प्रमुख आबश्यकता कोरोना संक्रमितहरुको पहिचान गरि उनीहरुलाई सहज र सुलभ उपचार सेवा दिनु हो ।
तर संक्रमितहरु अस्पतालसम्म पुग्दा त्यहाँ उनीहरुलाई कुनै वास्ता नै गरिंदैन ।’ उनले विदेशबाट फर्केकाहरुको खोजी गरि उनीहरुलाई क्वारेन्टाइनसम्म पुर्याएर निगरानी गर्नुपर्ने सरकारको प्रमुख दायित्व रहेको बताए । कोरोना रोकथामबारे प्रदेश सरकार गम्भीर नरहेको समेत उनले आरोप लगाए ।

उनले विदेशबाट फर्केकाहरुको खोजी गरि उनीहरुलाई क्वारेन्टाइनसम्म पुर्याएर निगरानी गर्नुपर्ने सरकारको प्रमुख दायित्व रहेको बताए । कोरोना रोकथामबारे प्रदेश सरकार गम्भीर नरहेको समेत उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!