आइतबार, चैत्र १६, २०७६ || 696  पटक पढिएको

सिद्धार्थ बैंक लिमिटेडले विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई शनिबार रु १० लाख रकम सहयोग गरेको छ । बैंकका सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख पवनचन्द अधिकारी र धनगढीमा शाखाका प्रबन्धक नितेश श्रेष्ठले मुख्यमन्त्री भट्टलाई सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह वलीले जानकारी दिनुभयो । बैंकले देशभर सातवटै प्रदेशमा रु १०/१० लाखका दरले कोषमा रकम जम्मा गर्ने निर्णयअनुसार सुदूरपश्चिम प्रदेशमा पनि रकम हस्तान्तरण गरिएको बैंकका प्रदेश प्रमुख पवनचन्द अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!