शुक्रबार, चैत्र १४, २०७६ || 588  पटक पढिएको

कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको अवधिमा नुवाकोटमा खाद्यान्न सामग्री र खाना पकाउने ग्यास पर्याप्त देखिएको छ । जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्कीका अनुसार जिल्लामा खाद्य सामग्री हाल पनि आयात भइरहेकाले लकडाउन भए पनि खाद्य सामग्री सहजरूपमा उपलब्ध भइरहेको छ । उपभोक्ताले धेरै सामग्री खरिद गरेर घरमा राख्न चाहेकाले भनेजति माग पु¥याउन नसके पनि दैनिक उपभोग गर्ने खाद्य सामग्री चामल, चिउरा, दाल, चिनी, तेल, गेडागुडीलगायतको अभाव नहुने अध्यक्ष कार्कीले बताउनुभयो । प्रदेश सरकारअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख दुर्गादत्त भट्टले बजार क्षेत्रमा दैनिक उपभोग्य सामग्री पर्याप्त रहेको र गाँउगाँउसम्म पठाउन लकडाउनका कारण केही असहज भए पनि नआत्तिन उपभोक्तालाई आग्रह गर्नुभयो । खाद्य सामग्री, ग्यास, दूध, तरकारीलगायतका दैनिक उपभोग्य सामग्रीको अभाव तथा कालोबजारी भएको पाइए कार्यालयमा स्थापना गरिएको हेल्प डेक्समा सम्पर्क राख्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!