बिहिबार, चैत्र १३, २०७६ || 769  पटक पढिएको

भारतबाट नेपालका विभिन्न नाका हँुदै सुर्खेत भित्रिएका १०२ जनालाई कर्णाली प्रदेश सरकारले निगरानी कक्ष (क्वारेन्टाइन) मा राखेको छ । त्यस्तै आज फेरि सम्पर्कमा आएका थप आठ पुरुषलाई वीरेन्द्रनगर नगरापलिकाको सहयोगमा जननमूना मावि सुर्खेतको क्वारेन्टाइनमा राखिएको छ । उनीहरु बाँके नेपालगञ्जको रुपैडिया र सुदूरपश्चिम कञ्चनपुरको गड्डाचौकी हुँदै सुर्खेत भित्रिएको बताउँदै आज आएकासहित गरेर क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ११० पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले सुर्खेत भित्रिएकामध्ये १०४ पुरुष र ६ महिला रहेको जानकारी दिनुभयो । “कोरोनाको महामारीलाई ध्यानमा राखेर उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका १० सुर्खेतस्थित अशोका होटलमा व्यवस्था गरिएको छ”, मन्त्री रावलले भन्नुभयो, “कर्णाली सरकारको पहलमा उनीहरुलाई सुर्खेतमा व्यवस्था मिलाइएको हो ।” मुख्यमन्त्री महेन्द्रबहादुर शाही, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीसहित अनुगमन गर्न आज वीरेन्द्रनगर खुलामञ्चमा पुग्नुभएका सामाजिक विकासमन्त्री रावलले नेपाली सेनाद्वारा भइरहेको चार सय क्वारेन्टाईन निर्माण अन्तिम चरणमा पुगेको बताउनुभयो । मन्त्री रावलका अनुसार निगरानी कक्षमा बस्ने सबै नागरिकको लाग्ने खर्च कर्णाली प्रदेश सरकारले बन्दोबस्त गर्नेछ । जिप्रका सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रायमाझीले ७८ जना होटल अशोकामा, २४ जनालाई अन्तरनिर्भर समाज सुर्खेतको छात्रावास र आठ जनालाई जननमूना मावि सुर्खेतमा राखिएको जानकारी दिनुभयो । त्यसैगरी ‘लकडाउन’को तेस्रो दिन सरकारको निर्देशन अवज्ञा गर्ने ६९ सवारी साधनलाई कारवाही गरिएको र जसमा ४० मोटरसाइकल रहेको उहाँले बताउनुभयो । कर्णाली प्रदेश सरकारको मङ्गलबार बसेको कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले भारतलगायत विभिन्न देशबाट स्वदेश फर्कने क्रममा बाटामा अलपत्र परेका नागरिकको उद्धारका लागि १११० नम्बरको हटलाइन सेवा शुरु गरेपछि आजका दिनसम्म ११० जना यहाँका नागरिकको उद्धार भएको प्रदेश सरकारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!