हिपमत डटकम

आइतबार, कार्तिक ११, २०८१ || 9315  पटक पढिएको

इटहरा।इटहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २७ औं साधारण सभा शनिबार इटहरा बजारमा सम्पन्न भएको छ। सभामा बोल्दै संस्थाका पूर्व अध्यक्ष केशवप्रसाद पोख्रेलले इटहरा साकोसमा भाका नाघेको ऋणको संख्या बढ्दो रहेकोमा चिन्ता व्यक्त गरेका छन्।

उनले सभामा भत्ता लिएर जाने तर सभामा उपस्थित नहुने प्रवृत्ति बढेको र ३ हजार सदस्य भएको संस्थाको सभामा दुई सय कुर्सी पनि नभरिएको देख्दा दुःख लागेको बताए। पोख्रेलले संस्थामा सदस्यहरूको चासो कम हुँदै गएकोले सहकारी बिग्रन सक्ने खतरा औंल्याउँदै सबै सदस्यहरूलाई सभामा उपस्थित भएर सुझाव दिन आग्रह गरे।

संस्थाका अध्यक्ष विनोद घिमिरेले मृतक राहतको कार्यक्रममा केही नयाँ व्यवस्था थपिएको जानकारी दिए। उनका अनुसार अब मृतक राहतको रकम ४० हजार पुर्‍याइएको छ। साथै, मृतक राहत पाउनका लागि सदस्य कम्तीमा ५ वर्षदेखि संस्थामा आवद्ध हुनुपर्ने र मृतक राहत कोषमा २ हजार जम्मा गरेको हुनुपर्ने नयाँ व्यवस्था थपिएको छ।

इटहरा साकोसको यस साधारण सभामा संस्थाको वार्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो। सभाले आगामी वर्षका लागि विभिन्न निर्णयहरू पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!