बिहिबार, चैत्र १३, २०७६ || 746  पटक पढिएको

लमजुङको क्व्होलोसोथर गाउँपालिकाले निःशुल्क दुईवटा एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । कोराना भाइरसका सङ्क्रमण भएका, आशङ्का भएका र कुनै बिरामीलाई परीक्षणका लागि पालिकावासीको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन शुरु गर्न लागिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्रको कुनै पनि नागरिकमा सङ्क्रमण हुन सक्ने र भएमा तत्काल उपचारका लागि दुई एम्बुलेन्स निःशुल्क गर्न लागिएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाको आफ्नै एम्बुलेन्स नभए पनि विभिन्न ठाउँबाट भाडामा लिएर सङ्क्रमणको अवधिभर गाउँपालिकावासीलाई निःशुल्क एम्बुलेन्स सेवा शुरु गर्न लागिएको हो ।” गाउँपालिकाले वडा नं. १ देखि ४ वडावासीका लागि ग२च ७३९२ नंको एम्बुलेन्स र वडा नं. ५ देखि ९ नम्बर वडावासीका लागि ग१झ ४४८ नम्बरको एम्बुलेन्स गरी दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख त्रिलोकचन्द्र गुरुङले बताउनुभयो । उहाँले भन्नुयो, “ अन्य स्थानबाट गाउँपालिका प्रवेश गर्ने मानिसलाई फर्काएका छौँ ।” गाउँपालिकाको दुई स्थानमा स्वास्थ्य सहायत कक्ष राखिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!