हिपमत डटकम

सोमबार, आश्विन २१, २०८१ || 978  पटक पढिएको

सुनसरी। चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ। जलसतह र बहाव घट्दै गएपछि आजदेखि सेवा प्रारम्भ गरिएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए।

केही समय अघि वर्षाका कारण जलसतह उच्च भएपछि असुरक्षा हुने भएकाले यो सेवा बन्द गरिएको थियो। तिवारीका अनुसार, चाडपर्वका समयमा यात्रुको आवतजावत सहज बनाउने उद्देश्यले पुनः सेवा शुरु गरिएको हो।

हाल सुनसरीको चतरादेखि बराह क्षेत्र हुँदै भोजपुरको सीमाना हतुवागढीसम्म जेटबोट सञ्चालन भइरहेको छ। जेटबोट सञ्चालन भएसँगै भोजपुर र आसपासका क्षेत्रका सर्वसाधारणलाई आवागमनमा सहजता हुने अपेक्षा गरिएको छ।

सोमबार बिहान, प्र.जि.अ. तिवारीले सुनसरीका प्रहरी उपरीक्षक सुमन तिमल्सिना, राष्ट्रिय अनुसन्धान विभाग सुनसरीका उपअनुसन्धान निर्देशक तुल्सी कट्टेल लगायतका व्यक्तिहरूसँग मिलेर नदीको निरीक्षण गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!