बिहिबार, चैत्र १३, २०७६ || 931  पटक पढिएको

‘आफुलाई वनको राजा’ भन्न मनपराउने राउटे समुदायको बस्तीमा ‘लकडाउन’ गरिएको छ । सुर्खेतको भेरीगंगा नगरपालिका –२ सत्तरी नजिकै छिन्चुखोलामा बसोबास गरिरहेका वनका राजाले जनतामा कोरोना संक्रमण नहोस भन्नका लागि ‘लकडाउन’ गरिएको बताए ।

नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिएको राउटे दक्षिण एसियाको एकमात्र भ्रमणशिल समुदाय हो । कोरोना संक्रमण रोक्नका लागि राउटे समुदायलाई बस्तीबाट बाहिर आउन नदिने र गैरराउटेलाई राउटेको बस्तीमा जान बन्देज गरिएको भेरीगंगा नगरपालिका नगरप्रमुख भुपेन्द्रबहादुर चन्दले बताए । ‘हामीले वनका राजाको ‘बस्ती अनुगमनका लागि इलाका प्रहरी कार्यालय छिन्चुलाई जिम्मेवारी दिएका छौं।’ नगरपालिकाले राउटे समुदायका मानिसहरुलाई हात धुन सिकाउनका लागि स्वास्थ्यकर्मी पनि खटाएको उनले जानकारी दिए ।

खुल्ला दिसा–पिसाव गर्ने, सरसफाईमा कमै ध्यान दिने यो समुदाय पनि कोरोनाको उच्च जोखिममा छ । यो समाचार आजको राजधानी दैनिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!