हिपमत डटकम

बिहिबार, साउन १७, २०८१ || 1377  पटक पढिएको

कोसी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष २०८०/८१ मा रु ४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको छ । आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार आरक्षमा जङ्गल सफारी, परापर्यटक, वनपैदावार, जङ्गल पैदल यात्रा, हात्ती सफारी, जरिवानाबाट रु ४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको हो ।

सबैभन्दा धेरै रकम आन्तरिक तथा बाह्य पर्यटकबाट उठेको हो । आव २०७९/८० मा कार्यालयले रु ३९ लाख ९४ हजार चार सय आठ राजस्व सङ्कलन गरेको थियो । हिउँदमा आन्तरिक पर्यटक बढी आउने गरेका छन् ।

आरक्ष पूर्वी क्षेत्रका शैक्षिक प्रतिष्ठानका विद्यार्थीको प्रमुख शैक्षिक भ्रमणस्थल बनेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका पर्यटकले रु सात सय ५० अन्य देशका आगन्तुकले रु। एक हजार पाँच सय शुल्क तिर्नुपर्ने व्यवस्था छ । उक्त रकम तिरेपछि १२ घण्टा घुम्न पाइन्छ ।

आरक्षको प्रचाप्रसार गर्नसके अझ धेरै पर्यटक कोशीटप्पु आउने होटल व्यावसायी महासङ्घ कोशी प्रदेशका महासचिव वासुदेव बरालले बताए । विभिन्न प्रजातिका चरा, अर्ना, गैँडा, हात्ती आरक्षका प्रमुख आकर्षण हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!