बुधबार, चैत्र १२, २०७६ || 690  पटक पढिएको

कोरोनाभाइरसबाट निकै प्रभावित बनेको इरानमा अलपत्र परेका २७७ जना भारतीय नागरिकलाई हवाई जहाजबाट उद्धार गरिएको छ । महान एयरको बिमानबाट उद्धार गरिएका उनीहरु बुधबार बिहान नयाँदिल्ली विमानस्थलमा उत्रिएका थिए । उद्धार गरिएका सबै यात्रुलाई लगत्तै एयर इन्डियाका दुई वटा विमानबाट क्वारेन्टाइनमा राख्न जयपुर पठाइएको विमानस्थलका अधिकारीहरुले बताएका छन् । उद्धार गरिएकाहरुमा १२८ जना पुरुष र १४९ जना महिला छन् । विश्व स्वास्थ्य संगठनका अनुसार खाडी राष्ट्र इरानमा २५ हजारभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने एक हजार ९३४ जनाको मृत्यु भइसकेको छ । महान एयरले इरानमा अलपत्र परेका भारतीय नागरिकलाई मानवीय दृष्टिकोणबाट निःशुल्क सुरक्षित रुपमा उद्धार गर्ने घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!