हिपमत डटकम

शनिबार, चैत्र १७, २०८० || 840  पटक पढिएको

नेपालगन्ज। बाँके जिल्ला फुटबल संघले शनिबार गरेको यु–१३ छात्र–छात्रा फुटबल छनोट कार्यक्रममा उत्साह जनक रुपमा खेलाडीहरुको सहभागिता देखिएको छ ।

संघले शनिबार नेपालगन्जमा एक दिन छनोट कार्यक्रमको आयोजना गरेको थियो । तर सहभागि खेलाडीहरुको संख्या धेरै पछि छनोट कार्यक्रम लम्बाएर आइतबार पनि गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो ।
अखिल नेपाल फुटबल संघको युवा विकास परियोजना अन्तर्गत २०८१ को लागि छनोट कार्यक्रम गरिएको हो ।

जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरको छनोटमा परेका खेलाडीहरुलाई एन्फा अन्तर्गतका विभिन्न टेक्निकल सेन्टरमा संचालन भएका एकेडेमीमा रहेर फुटबल खेल्ने मौका मिल्नेछ । बाँकेमा भएको छनोट फुटबलमा २ सय १५ जनाको सहभागिता रहेको अध्यक्ष शाहीले बताउनु भयो । त्यसमा १ सय ८५ छात्र र ३० छात्रा खेलाडी रहेका छन् । पहिलो चरणको छनोटमा ८९ जना छात्र र ९ जना छात्रा खेलाडी छनोट गरिएको संघले जानकारी गराएको छ । आइतबार अन्तिम चरणको छनोट हुनेछ ।

शनिबार भएको छनोट कार्यक्रमले फुटबल विकासमा निकै उत्साह थपेको अध्यक्ष शाहीले बताउनु भयो ।
उहाँले भन्नु भयो,‘फुटबलमा बालबालिकाको क्रेज निकै राम्रो छ । यति धेरै सहभागिता हुन्छ भन्ने हामीले सोचेको थिएनौं । अभिभावकहरुले आफना बालबालिकालाई फुटबल खेलाउन निकै चासो दिनु भएको छ । यसले भविष्यमा हाम्रो फुटबलको स्तर र राम्रा खेलाडी उत्पादनमा सहयोग गर्नेछ ।’

नेपालगन्ज रंगशालमा धेरै पछि फुटबलको गतिविधि भैरहेको बताउँदै अध्यक्ष शाहीले बाँकेमा अब फुटबलको लोकप्रियता फेरी बढन थालेको बताउनु भयो ।

पछिल्लो समय बाँके जिल्ला फुटबल संघले सक्रिय भएर गतिविधिहरु संचालन गरिरहेको छ । संघले कोभिड–१९ पछि पहिलो पटक गत माघ महिनामा मेयर कप अन्तर विद्यालय छात्र–छात्र फुटबल प्रतियोगिताको आयोजना गरेको थियो ।
जुन प्रतियोगितामा बाँके जिल्लाका विभिन्न विद्यालयबाट तिन दर्जन विद्यालय सहभागिता रहेको थियो ।
फागुनमा संघले कैलाली जिल्लाको मेयर कप फुटबलको पुर्व विजेता गुरुकुल इङलिस र बाँकेको मेयर कप फुटबलको विजेता टिम नेपालगन्ज सेन्ट जेभियर्स छात्र टिम बिच मैत्रीपुर्ण फुटबलको आयोजना गरेको थियो ।

समुदाय स्तरबाट फुटबलका प्रतिभावान खेलाडी उत्पादन गर्न महत्वपुर्ण खेल्ने प्रशिक्षकहरुको लागि संघले समेत कार्यक्रम गरेको थियो ।
अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य समेत रहनु भएका शाहीका अनुसार संघले चैतको ६ देखि ९ गते सम्म संघले नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्षको आयोजना गरेको थियो । जहाँ बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, डोटी, कालिकोट, काठमाडौं लगायतका जिल्लाबाट ४३ जना प्रशिक्षकको सहभागिता रहेको थियो । नेपालगन्जमा रंगशालामा दुई दिन सम्म भएको छनोट कार्यक्रमबाट छानिएका खेलाडीहरुलाई प्रदेश स्तरको छनोटमा समावेश गराईनेछ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!