हिपमत डटकम

शुक्रबार, चैत्र १६, २०८० || 1708  पटक पढिएको

बाँके। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेषले ५० वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनुभएको छ।

जनप्रतिनिधिको रुपमा दिनरात खटिने उहाँको पछिल्ला केही दिनको दैनिकी फेरिएको छ।

शेष २०८० सालको परीक्षामा सहभागी हुनुभएको हो। ज्ञानोदय मावि खजुराको खुला शिक्षा अन्तर्गत जनता मावि परीक्षा केन्द्रबाट शेष परीक्षामा सहभागी हुनुभएको हो।

एसइईमा राम्रो तयारीका लागि उहाँले वडामा सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको छ। शेषले भन्नुभयो, ‘पहिले अभिभावकले धार्मिक शिक्षा पढाउनुभयो, अहिले मलाई औपचारिक शिक्षा पढ्न मन लाग्यो, एसइई राम्रो गरेर थप उच्च शिक्षाको अध्ययन गर्ने रहर छ।’

उहाँले अहिले आफू परीक्षा दिइरहेको बताउनुभयो। ससाना नानी बाबू परीक्षामा सहभागी भएको देख्दा आफूले बाल्यकालमा किन पढ्न पाइनँ भन्ने लागे पनि पढाइ अघि बढाउने इच्छाशक्ति भए उमेर बाधक नहुने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!