हिपमत डटकम

शुक्रबार, चैत्र १६, २०८० || 1491  पटक पढिएको

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आज विभागीय टिम त्रिभूवन आर्मी क्लब र न्यूरोड टिम एनआरटी फुटबल क्लब काठमाण्डौंबीच प्रतिस्पर्धा हुँदैछ ।

विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमबाट ५ः ४५ बजे सुरू हुने रात्रीकालिन गोल्डकपको दोस्रो दिन आर्मी र एनआरटी खेल्दैछन् । एनआरटी केही दिन अगाडी सम्पन्न भएको २४ औं बुढासुब्बा गोल्डकपको बिजेता टिम हो । एनआरटीले बुढासुब्बा गोल्डपको क्वाटरफाइनल खेलमा आर्मीलाई २–१ गोलले पराजित गरेको थियो । आर्मी बुढासुब्बा गोल्डकपको हारको बदला लिने योजनको साथ मैदान प्रवेश गर्दैछ भने एनआरटी जित निकाल्दै यो सिजनको दोस्रो गोल्डकपको उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासको साथ खेल्दैछ ।

बिहीबारको उद्घाटन खेलमा पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) ले विभागीय टिम नेपाल पुलिस क्बललाई ३–० गोलले हराउँदै क्वाटरफाइनलमा पुगेको छ । आरटिएफसीले शनिबार पहिलो क्वाटरफाइनल खेलमा घरेलु टिम संग्रीला मोरङ फुटबल क्बलसँग प्रतिस्पर्धा गर्दैछ ।

चैत २४ गतेसम्म संचालन हुने प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि छ ।
गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिने आयोजकले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!