हिपमत डटकम

शुक्रबार, चैत्र ०९, २०८० || 721  पटक पढिएको

विराटनगर। छैटौं कोशी प्रदेश स्तरीय आइटटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि विराटनगरमा सुरु हुँदैछ । कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघले प्रतियोगिता आयोजना गर्न लागेको हो । संघले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै शुक्रबारेदेखि विराटनगरमा दुई दिने प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रियताका लागि खेलकुद’ भन्ने मूल नाराका साथ छैटौं कोशी प्रदेश स्तरीय प्रतियोगिता गर्न लागेको कोशी प्रदेश आइटटिएफ तेक्वान्दो संघका संयोजक राजेन्द्र धिमालले जानकारी दिए ।

उनले प्रतियोगितालाई निरन्तरता दिँदै कोशी प्रदेशका ७ वटा जिल्लाका खेलाडीहरुको सहभागिता हुने बताए । चैत ९ र १० गते विराटनगरमा हुन लागेको प्रदेश स्तरीय प्रतियोगितामा मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, धनकुटा र भोजपुरका १६१ जना महिला तथा पुरुष खेलाडीको सहभागिता हुने संयोजक धिमालले बताए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा हुने प्रतियोगितामा एकल स्पायरिङ र एकल प्याटन विद्यामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताउँदै, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीणकुमार कार्कीले भने, ‘संघले खेलकुदको विकास लागि गाउँ स्तरबाटै प्रतियोगिताका साथै दैनिक अभ्यास गराउँदै आएको छ । गाउँ स्तरबाटै खेलको विकास गरेकै कारण अन्तर्राष्ट्रिय प्रतियोगितामासमेत पदक प्राप्त हुन थालेको छ ।’
प्रतियोगितामा ७ वटै जिल्लाबाट खेलाडीका साथै अफिसियलहरुको उपस्थिति हुनेछ । प्रतियोगिता आयोजना गर्दा करिब १३ लाख अनुमानित खर्च हुने संघका कोषाध्यक्ष ओमकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!