हिपमत डटकम

बिहिबार, फाल्गुण २४, २०८० || 16327  पटक पढिएको

विराटनगर । विराटनगरको दिल्ली पब्लीक स्कुलले स्कुल स्तरीय फुटबल प्रतियोगिता गराउने भएको छ । विराटनगर ६ मा रहेको स्कुलले शुक्रबार देखि ७ विद्यालय सम्मिलित फुटबल प्रतियोगिता आयोजन गर्न लागेको हो ।

विराटनगरका मोर्डन एरा, कोशी मोडल, गोदावरी सेकेण्डरी, राइजिङ्ग नेपाल सेकेण्डरी, मदरल्याड, हेरिटेज र दिल्ली पब्लिक स्कुल गरि जम्मा ७ विद्यालय बिच दिल्ली पब्लिक स्कुलको खेल मैदानमा फागुन २५ गते देखि फागुन २९ गते सम्म प्रतिस्पर्धा हुनेछ ।

५ हजार इन्ट्री फी राखिएको प्रतियोगितामा प्रथम हुने स्कुललाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक सुमित डंगोलले बताए । कक्षा १० सम्म अध्यनरत विद्यार्थी सहभागी हुने फुटबल खेल ५० मिनेटको हुनेछ । फिफाको मापदण्ड अनुसार खेलाइने खेलहरुमा जिल्ला रेफ्री संघका रेफ्रीहरुले खेल खेलाउने डंगोलले बताए ।

विद्यालय स्तरबाटै बालवालिकाहरुमा खेल प्रतिको भावना उजागर गर्न र खेल खेल्ने बालवालिकालाई प्रोत्सहन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको दिल्ली पब्लिक स्कुलका प्रिन्सिपल भिम बहादुर लिम्बुले बताए ।

कुल अनुमानित लागत २ लाख ५० हजार रहेको प्रतियोगिता प्रत्येक दिन २ बजे बाट संचालन हुनेछ । यस वर्ष प्राविधिक कारणले वर्षको अन्तिममा सुरु गर्न लागिएको प्रतियोगिता आगामी वर्षबाट पुस महिनामै संचालन हुने र अब देखि प्रत्येक वर्ष निरन्तर प्रतियोगिता आयोजना गर्ने प्रिन्सिपल लिम्बुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!