बीरेन्द्रकुमार साह

आइतबार, फाल्गुण ०६, २०८० || 9435  पटक पढिएको

बिराटनगर । स्थापनाको एक बर्षको समयमा नै आम सर्वसाधारणको मन जित्न सफल बिराटनगर ११ महेन्द्रचोकमा रहेको पारस हस्पिटलले एभिन्युज टेलिभिजनका चर्चित पत्रकार सुशिल पाण्डेलाई आज सम्मान गरेको छ । पाण्डेलाई पारस हस्पिटलका संचालक तथा गोल्डमेडलिष्ट डाक्टर सफिउर रहमानले खादा माला लगाई सम्मान गरेका हुन् ।


कोरोना कहरको समयमा एभिन्युज टेलिभिजनमा संचालन हुने आफ्नो कार्यक्रम मार्फत नागरिकलाई हरेक क्षेत्रमा सहयोग गर्दै आम सर्वसाधारणको साझा सवाल देशको उच्चपदस्थ ब्यक्तिहरुलाई सिधा प्रश्न सिधा उत्तर मार्फत उठाएको कारणले सुशिल पाण्डेलाई आज सम्मान गरिएको पारस हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहताले बताए ।

पाण्डे एक दशकभन्दा लामो समयदेखि पत्रकारिकतामा सक्रिय छन् । उनले निर्मम तरिकाले नागरिकको समस्याहरुको उठान गरि नेताहरुसंग सवाल जवाफ गर्दै आएका छन् ।उनले संचालन गर्ने कार्यक्रम नेपाली माझ लोकप्रिय छ । आज पारस हस्पिटलले गरेको सम्मानले आफ्नो कर्ममा थप जिम्मेवार भएर लाग्ने पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!