दाङको विकट राजपुर गाउँपालिका–२ बेलास्थित जनज्योति माध्यामिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी) सञ्चालनमा ल्याइएको छ । राजपुरमै पहिलोपटक उक्त प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरण दाङको सहकार्यमा प्रयोगशाला सञ्चालनमा ल्याइएको विद्यालयका प्रधानाध्यापक केशवराज यादवले जानकारी दिनुभयो । “अहिलेसम्म राजपुरमा कुनै पनि विद्यालयले आइसिटी ल्याब सञ्चालनमा ल्याएका थिएनन्”, उहाँले भन्नुभयो, “विकटका रूपमा रहेको यस गाउँपालिकामै हामीले पहिलोपटक सञ्चालनमा ल्याएका छौँ ।” करिब रु ३५ लाखको लागतमा उक्त प्रयोगशाला सञ्चालनमा आएको विद्यालयले जनाएको छ । यसले विद्यार्थीलाई पठनपाठनमा निकै सहज बनाएको छ । “यसअघि आइसिटीसम्बन्धी विद्यार्थीलाई कम्प्युटर पढाउँदा किताबबाट मात्रै पढाउनुपर्ने अवस्था थियो”, प्रअ यादवले भन्नुभयो, “तर अब प्रयोगात्मकरूपमै कम्प्युटर पढाउन सहज हुनेभयो ।” यसले विद्यालयको शैक्षिक सुधारमा निकै प्रभाव पार्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मरराज गिरीले बताउनुभयो । विद्यालयमा इन्टरनेटसहित २४ कम्प्युटर, १९२ भोल्टेजको ब्याट्री, चार सिसी क्यामेरा, एउटा प्रोजेक्ट, अनलाइन युपीएसलगायत रहेको कम्प्युटर शिक्षक दामोदर चौधरीले जानकारी दिनुभयो । राजपुरमा १५ श्ययाको अस्पताल बन्ने दाङको विकटमा रहेको राजपुर गाउँपालिकामा पनि १५ श्ययाको अस्पताल बन्ने भएको छ । प्रत्येक स्थानीय तहमा १५श्ययाको अस्पताल बनाउने सरकारको नीतिअनुसार बालुवाडाँडामा अस्पताल बनाउने तयारी थालेको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिनुभयो । “सरकारले प्रत्येक स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाउने योजन अघि सारेको छ”, उहाँले भन्नुभयो, “सोहीअनुसार हामीले निर्माणको कामलाई अघि बढाएका छौँ ।” साथै गाउँपालिकाका प्रशासनीय भवन पनि निर्माणको प्रक्रिया अघि बढेको अध्यक्ष केसीले बताउनुभयो । गाउँपालिकाका प्रत्येक शाखाहरुका लागि पनि छुट्टै संरचना नहुँदा समस्या भएको भन्दै त्यसका लागि पनि गाउँपालिकाले प्रक्रिया अघि बढाएको उहाँको भनाइ छ । “अहिले हाम्रा शाखा पनि एकै ठाउँमा छन्, भवन साँघुरा भएका छन्, यसले गर्दा सेवा प्रवाहमा समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो, “यी शाखाको व्यवस्थापन गर्नतर्फ पनि हामीले पहल अघि बढाएका छौँ ।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!