मोरङको पथरीशनिश्चरे नगरपालिकाले इलाका प्रहरी कार्यालय पथरी मातहतका प्रहरीहरुलाई कोरोना भाइरस र यसबाट बच्ने उयायका बारेमा सचेतना कक्षा सञ्चालन गरेको छ ।
कोरोनाबाट आफुहरु पनि बच्न र अरुलाई पनि बचाउने भूमिकामा महत्वपूर्ण रहने प्रहरीहरुका लागि नगर प्रमुख दिलीपकुमार राईको उपस्थितीमा इलाका प्रहरी कार्यालयमा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । त्यहाँ पथरी नगर अस्पतालका मेडिकल अफिसर डा.सावन मेहताले त्यसमा सहजिकरण गर्नुभएको छ ।