हिपमत डटकम

शुक्रबार, जेठ १२, २०८० || 966  पटक पढिएको

काठमाडौं । आर्थिक वर्ष २०८/०८१ का निम्ति सरकारले चार दिनपछि अनुमानित आयव्ययसहितको बजेट ल्याउँदैछ । जेठ १५ गते सरकारले बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप यतिबेला धमाधम बजेट लेखन भइरहेको छ । जसका निम्ति बिहीबारदेखि जेठ १६ गतेसम्मका लागि मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस) बन्द भएको छ ।

सरकारले आगामी आर्थिक वर्षका निम्ति राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब रुपिया“को बजेट सिलिङ तोकेको छ । सिलिङकै वरिपरि बजेट आउने अर्थ मन्त्रालय स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दियो । यसपटक विगतमा जस्तो बजेटको अंक बढाउन सक्ने अवस्था छैन ।

स्रोत संकुचित हु“दै गएकाले सिलिङभित्रै बजेट निर्माण गर्नुपर्ने बाध्यता सरकारलाई रहेको स्रोतको भनाइ छ । सरकारले चालू आर्थिक वर्षमा योजना आयोगले दिएको सिलिङभन्दा ४३ अर्ब रुपियाँ वृद्धि गर्दै १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपियाँ को बजेट प्रस्तुत गरेको थियो । तर, चालू आर्थिक वर्षको न्यून पुँजीगत खर्च र राजस्व संकलनमा भएको संकुचनका कारण साढे १५ खर्ब रुपियाँ मात्रै बजेट खर्च हुने अर्थ मन्त्रालयको अनुमान छ ।

चालू आर्थिक वर्षका निम्ति बजेट खर्चको संशोधित अनुमानको लक्ष्यका निम्ति नै स्रोतको सुनिश्चितता नभएको भन्दै ९ प्रतिशत अर्थात १ खर्ब ३९ अर्ब बढीको सिलिङ आयोगले दिएको छ । विगतको परम्पराअनुसार आयोगले दिएको सिलिङभन्दा अर्थ मन्त्रालयले प्रस्तुत गर्ने बजेटको आकार केही ठूलो हुने गरेकाले यसपटक पनि बजेटको आकार सिलिङभन्दा बढी हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!