सुडानमा सेना र अर्धसैनिक र्‌यापिड सपोर्ट फोर्सबीच भिडन्त थप चर्किएको छ । यी दुईबीचको भीषण सङ्घर्षका बीच थुप्रै देशले यहाँबाट आफ्ना कूटनीतिज्ञलाई निकाल्न थालेका छन् । सुडानमा जारी द्वन्द्व आइतबार नवौँ दिनमा प्रवेश गरेको छ तर झडपमा संलग्न दुई पक्षबीच समाधानको सङ्केत देखिएको छैन । इदको अवसरमा एक दिनका लागि मात्रै युद्ध विराम गरिएको थियो ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले ट्विट गर्दै देशको सशस्त्र सेनाले सुडानबाट बेलायती कूटनीतिज्ञ र उनका परिवारका सदस्यलाई निकालेको जानकारी दिए । साउदी अरेबियाले आफ्ना १५७ जनालाई त्यहाँबाट निकालेको छ । अमेरिका र बेलायतले खार्तुमबाट आफ्ना कूटनीतिज्ञलाई विमानमार्फत उद्धार गरेको छ । फ्रान्स, जर्मनी, इटाली, भेनेजुएला र क्यानडाले आफ्ना नागरिकलाई बाहिर निकालेको पुष्टि गरेका छन् ।

यद्यपि सुडानी नागरिक पनि देशभित्र सुरक्षित स्थानको खोजीमा छन् । धेरै मानिस ज्यान जोखिममा पारेर खतरनाक सडक पार गरेर इजिप्ट गइरहेका छन् । एसोसिएटेड प्रेसका अनुसार सुडान द्वन्द्वमा हालसम्म ४२० जनाको मृत्यु भइसकेको छ । जसमध्ये २६४ जना सर्वसाधारण रहेका छन् । ३७०० जना घाइते भएको पनि समाचार छ । सुडानमा भएको द्वन्द्वले अहिले भीषण रूप लिएको छ ।

र्‌यापिड सपोर्ट फोर्सले आफ्ना सशस्त्र लडाकुहरूले काफोरी र खार्तुमसँग जोडिएको क्षेत्रमा हवाई आक्रमण गरेको बताएको छ । अहिले सेनाको तर्फबाट कुनै वक्तव्य आएको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!