मंगलबार, चैत्र ०४, २०७६ || 591  पटक पढिएको

अघिल्ला वर्षझैं यस वर्ष पनि कर्णाली प्रदेश सरकारको बजेट खर्च निराशाजनक रहेको पाइएको छ । आर्थिक वर्षको ८ महिना बितिसक्दासमेत पुँजीगत र चालूतर्फ गरी औसतमा १०.८९ प्रतिशत बजेट खर्च भएको तथ्याङ्कले जनाएको छ ।

कर्णालीमा भौगोलिक विकटताका साथै समयमै कार्यालय तथा कर्मचारी व्यवस्थापन हुन नसक्दा बजेट खर्च सन्तोषजनक हुन नसकेको बताइएको छ । कूल बजेट रु. ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजारमध्ये हालसम्म रु. ३ अर्ब ७४ करोड ३४ लाख ३ हजार मात्र खर्च भएको छ । जसमध्ये विकास बजेट अर्थात पुँजीगत खर्च रु. १ अर्ब ६२ करोड ४६ लाख ७ हजार रहेको प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । लेखा नियन्त्रक मानबहादुर बमका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म चालूतर्फ १६.२२ तथा पुँजीगततर्फ ७.६३ प्रतिशत बजेट खर्च भएको छ । औसतमा १०.८९ प्रतिशत बजेट खर्च हुन पुगेको छ ।

प्रदेश सरकार सञ्चालनको शुरु वर्ष २०७४÷७५ मा ७ प्रतिशत मात्र बजेट खर्च भएको थियो । उक्त आर्थिक वर्षको कूल बजेट रु. १ अर्ब २ करोड ५ लाखमध्ये ७ करोड ५७ लाख ५२ हजार ३०४ खर्च भएको थियो । त्यस्तै, आव २०७५÷७६ को कूल बजेट रु. २८ अर्ब २८ करोड २८ लाखमध्ये ९ अर्ब ९५ करोड ३३ लाख मात्र खर्च भयो । हालसम्म पुँजीगततर्फ सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालयले खर्च गर्न सफल भएको छ । मन्त्रालयले यस अवधिमा रु. ९७ करोड ५९ लाख खर्च गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यस वर्ष बजेट खर्च सन्तोषजनक हुने दाबी गर्नुभयो । “अघिल्ला वर्षहरुमा प्रदेश सरकारका जिल्लास्तरमा संरचना नहुँदा चाहेर पनि बजेट खर्च हुन सकेको थिएन्,” उहाँले भन्नुभयो, “यस वर्ष समयमै संगठन व्यवस्थापन गरी जिल्ला–जिल्लामा कार्यालय स्थापना गरिसकेका छौँ, धमाधम बजेट कार्यान्वयन भइरहेको अवस्था छ ।” बजेट कार्यान्वयनकै चरणमा भएकाले यतिबेलै वित्तीय प्रगति नदेखिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!