मंगलबार, चैत्र ०४, २०७६ || 1912  पटक पढिएको

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दैनिक उपभोग्य वस्तुमा भइरहेको कालोबजारी रोक्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले उपभोग्य वस्तुको कृत्रिम अभाव गरिएका ठहर गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन निर्देशन दिएको हो । बैठकले अत्यावश्यकीय वस्तुको कृत्रिम अभाव देखाउँदै कालोबजारी गर्ने व्यापारीमाथि कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

सरकारले अत्यावश्यक वस्तुको आपूर्तिमा कुनै समस्या नभएको जनाइरहँदा कोभिड–१९ (कोरोना) भाइरसको त्रास देखाउँदै व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव सिर्जना गरेका छन् । कोरोनाका कारण दैनिक उपभोग्य वस्तु, औषधिलगायत अत्यावश्यकीय वस्तुको अभाव तथा सहज आपूर्तिका सम्बन्धमा सरोकारवालासँग छलफल गर्न समितिको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!