हिपमत डटकम

मंगलबार, फाल्गुण ३०, २०७९ || 5975  पटक पढिएको

विराटनगर। जपान जाने प्रलोभनमा परेर ठगीएका युवाहरुले मोरङको सुनवर्षी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि लगाइएको आरोप झुटो भएको बताएका छन् । जापान पठाइदिने भन्दै ललित राजवंशीबाट आफुहरु ठगीएको र त्यसमा मेयर राजवंशीको कुनै संलग्नता नरहेको उनीहरुले बताएका हुन् ।

केही दिन अघि विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुलेनै आफुहरुमाथि भएको ठगीमा मेयर राजवंशीको पनि संलग्नता रहेको हुन सक्ने आशंका गर्दै आरोप लगाएका थिए ।

पत्रकार सम्मेलनमा उनीहरुले आफूहरु ठगीनुमा मेयर राजवंशीको समेत हात रहेको हुनसक्ने भन्दै उनको नाम मुछेका थिए । तर, उनीहरुले पुनः पत्रकार सम्मेलन गर्दै सो ठगीको विषयमा यथार्थ थाहा नपाई मेयर राजवंशीको नाम लिएर गल्ति गरेको स्वीकार गरेका छन् ।

सुनवर्षी–४ धोकरीयाका पिडित युवा देवराज राजवंशीले सो विषयमा आफुले यथार्थ बुझेपछि मेयर राजवंशीको कुनै पनि संलग्नता नदेखिएको र पत्रकार सम्मेलनमा उनको नाम लिएर गल्ति गरेको स्वीकार गरे । ‘अस्ति हामीले पत्रकार सम्मेलनमा सवै जना मिलेर मेयरमाथि अलिकति आरोप पनि लगाएको थियौँ । तर, बुझ्दै जाँदाखेरी उहाँ निर्दोष हुनुहुन्छ ।’ उनले भने,‘उहाँले हामीलाईनै सपोर्ट गरिरहनु भएको छ ।’

उनले सो ठगीको विषयमा प्रकृया धेरै अघि बढेको बताउँदै आफुहरुलाई न्याय दिलाउन मेयर राजवंशीले उल्टै सहयोग गरिरहेको जानकारी दिए ।

त्यस्तै अर्का पीडित रंगेली नगरपालिका–९ का युवा हरि राजवंशीले आफुहरुलेनै यसअघि दुई पटक पत्रकार सम्मेलन गरि मेयर राजवंशी माथि आरोप लगाएर गल्ति गरेको बताए ।

उनले आफुहरुले यथार्थ नबुझी आशंकाकै भरमा मेयरले ठगी गर्नेलाई लुकाएको र सो ठगीमा उनको पनि हात रहेको भन्दै लगाएको आरोपप्रती क्षमा याचना समेत गरेका छन् ।

उनले आफुहरुको बुझाईमा गल्ति भएको स्वीकार गर्दै बरु मेयर राजवंशीले उल्टै पीडितलाई साथ दिइरहेको बताए । ‘यो भन्दा अगाडी हामीले दुई पटक पत्रकार सम्मेलन गरेका थियौँ । यो ठगीमा उहाँको हात छ, मान्छे लुकाएको छ भनेर मैलेनै आरोप लगाएको थिएँ ।’ उनले भने,‘तर, अहिले कुरा बुझ्दै जाँदाखेरी यसमा मेयरको हात छैन, उहाँले अहिलेसम्म हामीलाई साथ दिइ रहनु भएको छ । आशा छ अझै पनि हामीलाई साथ दिनुहुनेछ ।’

उनले यथार्थ बुझ्दै जाँदा आफुहरुले मेयर राजवंशीमाथि लगाएको आरोप झुटो भएको बताए । ‘बुझदै जाँदा हामीले जे जती आरोप लगायौँ, त्यो सवै झुटो रहेछ । यसको लागि म उहाँ समक्ष क्षमाप्रार्थी छु ।’ उनले भने,‘ मेयरले हामी पीडित पक्षलाईनै सहोयोग गरिरहनुभएको छ । हाम्रो समस्या समाधानका लागि प्रोसेसहरु अगाडी बढाइरहनु भएको छ । उहाँलाई दोषि भन्न सक्दिन ।’

उनीहरुले नगरपालिकामा मेयर राजवंशीको कार्य कक्षमै पुगेर माफिसमेत मागेका छन् । उनीहरुसहित ४१ जना युवाहरुलाई बैदेशिक रोजगारीमा जापान पठाई दिन्छु भन्दै ललित राजवंशीले करोडौँ रुपैयाँ ठगी गरेको बताएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!