सोमबार, चैत्र ०३, २०७६ || 1040  पटक पढिएको

राष्ट्रियसभाको आजको बैठकले ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ लाई पारित गरियोस््’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयक विसं २०७५ पुस ८ गते संसद्मा दर्ता भएको थियो । त्यसैगरी बैठकले ‘शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधिसभाबाट भएको संशोधनलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले उक्त विधेयकमाथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त विधेयक गतवर्ष चैतमा संसद्मा दर्ता भएको थियो । राष्ट्रियसभामा उत्पत्ति भएकोे विधेयक प्रतिनिधिसभा हुँदै राष्ट्रियसभामा पुनःआएको हो । बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले शिक्षासम्बन्धी विभिन्न ऐनमा एकरुपता कायम गर्न र नेपालको संविधान अनुकूल बनाउन आवश्यक भएकाले विधेयक ल्याइएको जानकारी दिनुभयो । अध्यागमन विधेयक विधायन समितिमा राष्ट्रियसभाको आजको बैठकले ‘अध्यागमन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाकातर्फबाट शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले ‘अध्यागमन विधेयक, २०७६’ लाई दफाबार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गर्दै विधायन व्यवस्थापन समितिमा पठाएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!