नेपाल विद्यार्थी संघ मोरङका पूर्व नेताहरूले मातृ पार्टी नेपाली कांग्रेसको सुद्धिकरण र सुदृढीकरणका अभियान सुरु गरेका छन् । मोरङको ग्रामथानमा भएको नेतहारुको भेलाले यो अभियान कुनै व्यक्तिप्रति लक्षित नभएर प्रवृत्तिप्रति लक्षित भएको हो र यो प्रवृत्तिमै सुधार आउनु पर्छ। नेपाली कांग्रेस प्रजातन्त्रको एउटा प्रयावाचि पार्टी हो । नेपाली कांग्रेसका नेताहरुले प्रजातान्त्रिक आचरण जान्नु पर्दछ र सिक्नु पनि पर्दछ । नेपालको राजनीति एउटा माफियाले संचालन गरेको छ । नेपालको राजनीति माफियाबाट मुक्त गराउने जिम्मेवारी नेपालि कांग्रेसले नलिने हो भने फेरि पनि देशले अर्कै मोड लिन सक्छ। यसो नगर्दा देशले पाएको प्रजातन्त्र लोकतन्त्र गुम्न सक्ने खतरा हुन्छ।त्यसैले पनि यो हाम्रो अभियानको निकै नै महत्व छ नेपालि कांग्रेसका पुर्व सचिब तथा नेता यदु बिष्टले बताउनु भयो ।


देशको मुहान फेर्ने ,नेपालमा संबिधान ल्याउने लगायत महत्वपुर्ण काम गरेको पार्टी आज किन कमजोर हुदैछ ?
नेपालि कांग्रेस पार्टीभित्र कै केहि नेता तथा जिम्मेवार व्यक्तिहरु पार्टीको बिचार सिद्दान्त भन्दा फरक धारमा उभिएर आफ्नो स्वार्थ पूर्तिमा लागेको कारण नेपाली कांग्रेस कमजोर भएको हो साथै भोलीको दिनमा निरोगी काग्रेस वनाउने हो भने नेपाली काग्रेसको संगठनलाई बिधि बिधान अनुसार संचालन गरि संगठनलाई सस्थागत रुपमा व्यवस्थापन गर्नु आजको मुख्य आवस्यकता रहेको नेपाली कांग्रेस मोरङको जिल्ला सदस्य तथा विधार्थी शाखा प्रमुख राजु मास्केले बताउनु भयो। कार्यक्रममा नेबि संघ मोरङका पूर्व नेताहरु यदु बिष्ट ,मदन संग्रौला ,दिलिप गच्छदार,संजय भट्टराई,सत्यनारायण भगत ,राजु मास्के ,भिम पराजुली ,सुयर्माराज राई,नन्दु सरदार,भुपनी देबी खवास,बिनोद बस्नेत् लगायतका नेताहरुले आफ्नो बिचार समेत कार्यक्रममा राख्नु भएको थियो।

नेताहरूले १४ वुँदे सङ्कल्प प्रस्ताव पारित गर्दै सुद्धिकरण अभियान सुरु गरेका हुन् ।

यस्तो छ १४ वुँदे प्रस्ताव
१। पार्टीको आदर्श, सिद्धान्त, नीति र संगठनकावारे छलफल र वहसका कार्यक्रमहरु गर्ने ।
२। नेपाली कांग्रेसले लिएको नीतिका वारे समिक्षा गरि यसको सुधारका लागी पहल गर्ने ।
३। एक व्यक्ति एक पदको नीतिलाई अनुसरण गर्ने र यसको वैधानिक कार्यान्वयनका लागी दवाव सिर्जना गर्ने ।
४। पार्टीका सवै तहको नेतृत्व नीति र कार्यक्रमका आधारमा चयन गर्ने र कार्यान्वयन हुने वातावरण वनाउन लागि पर्ने ।
५। तपाई नै किन ? (जुन सुकै तहको पदमा वस्न चाहनेहरुलाई) भन्ने प्रश्न गर्ने ।
६। एकै व्यक्तिलाई पटक पटक अवसर दिने परम्पराको अन्तयका लागि पहल गर्ने ।
७। राजनीतिमा विकृति र विसंगतीका कारण अस्वस्थ प्रतिस्पर्धा वढेको छ । तसर्थ राजनीतिमा स्वस्थता र स्वच्छताका लागि पैसा र वल ९ःयलभथ बलम ःगकअभि० को राजनीतिलाई तिरस्कार गरि मुल्य मान्यता र आदर्शको राजनीतिलाई अंगिकार गर्ने ।
८। पूर्व नेपाल विद्यार्थी संघका साथीहरुका विचमा ÷ एक आपसमा सौहार्दता कायम गर्ने र एकले अर्काको अनावश्यक विरोध नगर्ने ।
९। सवै तहमा नेतृत्वमा आउने सम्भावना भएका साथीहरुलाई सहयोग गर्ने ।
१०। पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका साथीहरु सँग निरन्तर सम्पर्क गरि छलफल गर्ने ।
११ं पार्टीमा लामो समय देखि निरन्तर काम गरि अनुभव वोकेको पुरानो पुस्ता सँग संवाद गरि पुरानो र नयाँ पुस्तालाई जोड्ने पुलको काम गर्ने ।
१२। पूर्व नेपाल विद्यार्थी संघमा नभएका तर हाम्रो अभियानलाई समर्थन गर्ने पार्टीका साथीहरुलाई पनि अभियानमा सहभागी गराउदै लैजाने ।
१३। “म भित्र हामी” भन्ने भावनाको विकाश गर्ने ।
१४।मुर्त र ठोस परिणामका लागि यस प्रकारका भेला वैठकलाई निरन्तरता दिने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!