१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको लागुऔषध न्युनिकरण कार्य योजना “म सक्छु (I Can…) अभियान २०७९ अन्तरगत हिजो झापा र मोरङका बिभिन्न स्थानमा १३८ जना लागुऔषध दुर्व्यसनिहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गरिएको छ ।
लागुऔषध ओसार पसार, बिक्रि बितरण तथा दुर्ब्यसनलाई न्युनिकरण गर्ने लक्ष्य अनुसार हिजो दिउसो बिराटनगर-१६ स्थित CAN को भवनमा इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले ३५ जना लागुऔषध दुर्ब्यसनिहरुलाई मनोसामाजिक परामर्स सेवा प्रदान गर्नु भएको थियो । यसै गरी लेटाङ स्थित रहेको उज्यालो जीबन केन्द्रको भवनमा ४० जना, रंगेलीको चोप्रा स्थितमा २० जना, झापाको मेचिनगर-६ मेचि पुल स्थितमा रहेको होल्डिङ सेन्टरमा १८ जना र बुद्धशान्ति गाउँपालिका स्थित बुधबारे चोकमा रहेको अस्थायी होल्डिङ सेन्टरमा २५ जना लागुऔषध सेवन कर्ताहरुलाई प्रहरी अधिकृतहरुद्वारा मनोसामाजिक परामर्स सेवा प्रदान गरीएको हो ।