कृष्णा प्रसाद कुशवाहा

शुक्रबार, माघ १३, २०७९ || 1315  पटक पढिएको

पर्साको बिन्दबासिनी गाउँपालिकामा सुबिधा सम्पन्न प्रयोगशाला स्थापना हुने भएको छ । बिन्दबासिनी गाउँपालीकामा रहेका स्वास्थ्यचौकीमा प्रयोग शाला स्थापनाको लागि मधेस प्रदेशको सामाजिक विकास शाखा अन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले आज बिन्दबासिनी गाउँपालिकालाई ६० लाख बराबरको ल्याब सम्बन्धि स्वास्थ सामाग्री र उपकरणहरु उपलब्ध गराएको छ ।

बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीको पहलमा गाउँपालिकामा सुबिधा सम्पन्न प्रयोग शाला स्थापनाको लागि प्रदेश जन स्वास्थ्य प्रयोग शालाले आवश्यक सामाग्री र उपकरणहरु उपलब्ध गराएको प्रमुख प्रशाकिय अधिकृत राजु साहले बताएका छ्न । प्रदेश जनस्वास्थ्य प्रयोग शाला जनकपुरधाम बाट सामाग्री बुझन बिन्दबासिनी गाउँपालीकाका अध्यक्ष तिवारीको नेतृत्वमा प्रमुख प्राशाकिय अधिकृत राजु साह , गाउँपालिकाका स्वास्थ्य प्रमुख नरेश चौहान , कृषि शाखा प्रमुख रवीन्द्रनाथ तिवारी लगाएतको टोलि पुगेर प्रदेश जनस्वास्थ्य प्रयोग शाला जनकपुरधामबाट बिन्दबासिनी गाउँपालिका लागि ल्याब सम्बन्धि स्वास्थ सामाग्री र उपकरणहरु बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!