आइतबार, चैत्र ०२, २०७६ || 1416  पटक पढिएको

सुख्खा मौसम शुरु भएसँगै यसवर्ष पनि सर्लाही चुरे क्षेत्रका गाउँबस्तीमा पिउने पानीको अभाव शुरु भएको छ । चुरे भेगका धारा, कुवा तथा खोल्सी सुक्न थालेपछि पिउने पानीको अभाव देखिएको स्थानीयवासीले गुनासो गरेका छन् । चुरे दोहनले कालिञ्जोर, परवानीपुर, नारायणखोला, पत्थरकोट, अत्रौली र ढुङ्ग्रेखोलालगायतका बस्तीमा माघ, फागुन महिनादेखिनै पिउने पानीको अभाव हुन थाल्छ । चुरेफेदीका गाउँमा चापाकल सुक्न थालेका छन् । बढ्दो वन विनाश, नदी तथा वनजङ्गल दोहनले खानेपानीका मुहान चाँडो सुक्न थालेको लालबन्दी नगरपालिका–१३ पत्थरकोटका वडाध्यक्ष शिवकृष्ण बैद्य बताउँनुहुन्छ । गाउँका ४५÷५० घरधुरीका मानिस पिउने पानीक जोहो गर्न छिमेकी गाउँसम्म पुग्न बाध्य हुनुपरेको छ । ती घरधुरीको एक मात्र कुवा रहेको र सो कुवामा आवश्यक पानी नभएको तथा वैकल्पिक स्रोतको व्यवस्था नभएकाले पिउने पानीको समस्या थप जटिल बनेको छ । “सानो कुवा छ । रातभर सङ्कलन गरेको पानीले गाउँका ५÷६ घरधुरीलाई मात्र पुग्छ । पछि पुग्नेले छिमेकीगाउँका कुवा, धारा तथा खोलाको पानी प्रयोग गर्न करिब एक डेढ घण्टाको बाटो हिँडेर पानी ल्याउनुपर्ने बाध्यता छ”, लालबन्दी नगरपालिका– १४ नारायण खोलाका स्थानीयवासी रेशम तामाङ भन्नुहुन्छ । पशु चौपाय र मानिसले एउटै कुवाको पानी खानुपर्ने बाध्यता छ । त्यसले गर्दा गाउँमा हरेक वर्ष झाडापखालालगायतका पानीजन्य रोग लाग्छन् । आफूहरुलाई सुख्खायाम शुरु भएपछि पिउने पानीको जोहो गर्न चिन्ता लाग्ने गरेको ईश्वरपुर नगरपालिका १६ परवानीपुरका राजेन्द्रप्रसाद ढुङ्गेलले बताउनुभयो । मुहान नै सुक्न थालेपछि चुरेको तल्लो गाउँका धाराका साथै चापाकल सुक्न थालेको हरिवन नगरपालिका–४ का प्रेमनाथ पौडेलले बताउनुभयो । धारामा पानी भर्न लाम बस्दा स्थानीयवासीबीचमा झगडा हुने गरेको पौडेलको भनाइ थियो । चुरे क्षेत्रमा पिउने पानीको व्यवस्थापन गर्न फेदीका स्थानीय निकायले पहल गरिरहेका छन् । लिफ्टिङ प्रणालीबाट भए पनि चाडैँ सो क्षेत्रमा पिउने पानी व्यवस्थापन गर्ने गरी काम भइरहेको हरिवन नगरपालिकाका नगरप्रमुख गणेशप्रसाद प्रसार्इंले बताउनुभयो । समस्या समाधान गर्न प्राविधिक अध्ययन शुरु गरिएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोज देवकोटाले बताउनुभयो । नगरपालिकाको विकट क्षेत्रमा प्राविधिकसहितको टोली गएर अध्ययन गरिसकेको र नजिकैको खोलाबाट पानी लिफ्टिङ प्रणालीबाट भए पनि सो क्षेत्रमा पु¥याउने प्रयास भइरहेको नगरप्रमुख देवकोटाको भनाइ थियो । इटाभट्टाको सङ्ख्यामा वृद्धि, वन विनाश तथा नदी दोहनले पछिल्लो समयमा पानीका मुहान चाँडो सुक्न थालेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!