हिपमत डटकम

आइतबार, माघ ०१, २०७९ || 477  पटक पढिएको

विराटनगर ÷ ज्येष्ठ नागरिक वडा कार्यसमिति विराटनगर–११ को दोस्रो साधारणसभा सम्पन्न भएको छ । एक समारोहका बीच साधारणसभाको विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले ज्येष्ठ नागरिकका अनुभव, ज्ञान र सीप समाजले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले ज्येष्ठ नागरिकका लागि हरेक वडामा एकीकृत भवन निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो । मेयर कोइरालाले टोलैपिच्छे भवन बनाउनुभन्दा वडाको केन्द्रमा व्यवस्थित र सुविधासम्पन्न ज्येष्ठ नागरिक भवन बनाएर उनीहरुलाई सेवा प्रवाह गर्न महानगर तयार रहेको उल्लेख गर्नुभयो । “धेरै ठाउँमा भवन बनाउनुभन्दा हरेक वडामा सबैलाई पायक पर्ने ठाउँमा एउटा सुविधा सम्पन्न भवन बनाइयो भने त्यसबाट ज्येष्ठ नागरिकहरुले लाभ लिन सक्छन्,” मेयर कोइरालाले भन्नुभयो, “ज्येष्ठ नागरिकका लागि महानगरपालिकाले कहाँनेर के गर्नुपर्छ हामी तयार छौं ।”

त्यस्तै कार्यक्रम उपमेयर शिल्पा निराला कार्कीले ज्येष्ठ नागरिकहरु भगवानतुल्य भएको बताउनुभयो । ज्येष्ठ नागरिकलाई पुज्न कुनै तिथिमिति आवश्यक नपर्ने विचार राख्नुभयो । विराटनगर–११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानेले ज्येष्ठ नागरिकलाई एकत्रित गरी दिन बिनाउन सहज होस् भनेर वडाकै पहलमा ज्येष्ठ नागरिक सामुदायिक भवन निर्माण गरेको बताउनुभयो । कार्यक्रममा आयोजक समितिका सचिव अर्जुन भट्टराईले सांगठनिक र कोषाध्यक्ष भरत कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा ज्येष्ठ नागरिक संघ महानगर समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, समाजसेवी चिरञ्जीवी दाहाल, आयोजक समितिका अध्यक्ष ललित श्रेष्ठ, सदस्य इन्द्र खतिवडा, मिता तिवारी अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!