हिपमत डटकम

आइतबार, पौष २४, २०७९ || 263  पटक पढिएको

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुरले विश्वासको मतका लागि आधिकारिक प्रस्ताव नआएको बताउनुभएको छ।

आइतबार लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्नुहुँदै अध्यक्ष ठाकुरले प्रस्ताव आएपछि छलफल गरेर निर्णय गर्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “अहिलेसम्म आधिकारिक रूपमा प्रचण्ड र ओली कतैबाट प्रस्ताव आएको छैन, आएपछि हामी निर्णय गर्छौँ। अहिले सरकारमा सात दल गएका छन्। त्यसमा हामी छैनौँ। प्रतिपक्षीले पनि केही निर्णय लिएको छैन। यस्तो अवस्थामा सरकारमा जाने, नजानेको कुरा उठेन। पुरानै गठबन्धनको साथ छौँ।”

अहिलेको सरकारको साझा कार्यक्रममा लोसपाले विगतदेखि पटक–पटक राख्दै आएको कुरा केही रूपमा समावेश भएको छ। तर त्यो अनुसार काम हुन्छ वा हुँदैन हेर्न बाँकी रहेको उहाँको भनाइ छ।

लोसपा कसको साथमा छ भन्ने कुरा पुस २६ गते नै निर्णय हुने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!