बिहिबार, मंसिर १९, २०७६ || 1464  पटक पढिएको

 

हिपमत डटकम
ईटहरी ,मंसिर १९ ।
कथा, सिम सिमे पानि, हामि यस्तै त होनी ब्रो आदि र्याप गितबाट अत्याधिक चर्चा कमाएका र्यापर भिटेन अर्थात समिर घिसिङ्गले भर्खरै नया र्याप गितको भिडियो “थाहा छैन” सार्बजनिक गरेका छन् । सो गीतको भिडियोलाई उनकै नामको युट्युब च्यानल ‘भी टेन म्युजिक’ बाट सार्बजनिक गरिएको छ । लिरिकल भिडियोको शैलीमा सार्बजनिक उक्त गीत तथा भिडियो यतिबेला चर्चा संगै युट्युब ट्रेण्डिङ्गको पहिलो स्थानमा पुग्न सफल भएको छ । हेर्नुस भिडियो

उक्त र्याप गितको भिडियोको निर्देशन सुरज दलामी मगरले गरेका छन् । विभिन्न बाधा अड्चन आए पनि पछिल्लो समय भीटेनले गएका गितहरु एकपछि अर्को हुदै क्रमश:सफलता पाइरहेका छन् । यसअघि उनि प्रहरी नियन्त्रण बाट छुटे लगत्तै फिल्म सरौतो मा र्याप हान्ने मौका पाएभने सो गीत र भिडियो पनि यतिबेला निक्कै चर्चामा रहेको छ । तर बिडम्बना उनलाई भिटेनको रुपमा ब्यापक बनाउने गीत ‘हामि यस्तै त हो नि ब्रो’लाई भने अफिसियल रुपमा युट्युबबाट हटाईएको छ । ओ गीतले छोटो समयमै करोडौ भ्युज पाएको थियो ।

सार्बजनिक ‘थाहा छैन’ बोलको गित यो समाचार तयार गर्दा सम्म ट्रेण्डिङ्गको पहिलो स्थान पकड गरे संगै ७ लाख ६० हजार भन्दा बढि भ्युज बटुल्न सफल भएको छ । भिडियोलाई ६३ हजार बढी लाईक र ५ हजार भन्दा बढि सकारात्मक प्रतिक्रिया आएको छ भने ११ सय बढिले डिसलाईक गरेका छन् । कुनै कार्यक्रम होस् या त कन्सर्ट जुन सुकै ठाउमा पनि भिटेनले राम्रै स्थान पाइरहेकै छन् भने यदाकदा उनीमाथि आक्रमणको घटनाहरु पनि सार्बजनिक हुने गर्छ । लाखौ फ्यान कमाएका उनको र्याप प्राय जसो युवा वर्ग लक्षित हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!