हिपमत डटकम

सोमबार, पौष ११, २०७९ || 814  पटक पढिएको

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू अपमानित भएर पोखरा आएको बताएका छन् । थापाले हिजोको राजनीतिक घटनालाई स्मरण गर्दै आफू सभापतिबाट अपमानित भएको उल्लेख गरेका हुन् ।

 

सोमबार पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलमा ‘राजनीतिमा समाजको ऐना’ बहसमा सहभागी हुँदै थापाले आफू अपमानित भएर पोखरा आएको बताएका हुन् ।

महामन्त्री थापालाई मोडरेटर वसन्त बस्नेतले तपाई पोखरा हारेर आउनुभएको कि जितेर ? भन्ने प्रश्न गरेका थिए । थापाले जवाफमा ‘यो भन्दा पछिल्लो सेसन केही जितेजस्तो केही हारेजस्तो भन्ने छ । त्यो ठ्याक्कै मलाई फिट हुने जस्तो छ । मलाई फिट हुने चाहिँ त्यो सेसन हो । मेरो आफ्नो व्यक्तिगत कुरा चाहिँ लुडोमा भर्‍याङ चढेर अलिकति माथि पुगेको, अनि विश्व दाइ र प्रदीपले समर्थन गरेपछि थप भर्‍याङ चढौँला भनेर सोचेको नागबाट एकैचोटी झरेर तल आएको जस्तो भएको छ,’ थापाले भने ।

उनले नेपाली कांग्रेस राजनीतिको शिखरमा पुगेर एकैचोटी तल पुगेको बताएका छन् । थापाले नेपाली कांग्रेसको कार्यकर्ता भएर हेर्दा कांग्रेस एकैचोटी तल खसेको टिप्पणी गरेका हुन् ।

‘नेपाली कांग्रेसको कार्यकर्ताको हिसाबले हिजोका घटना चाहिँ लुडोमा ९९ तिर पुगेपछि एउटा नाग हुन्छ नी, खेल्दै खेल्दै गएको त्यहाँ पुग्ने बेलामा एकैचोटी तल झरेको जस्तो भएको छ । व्यक्ति गत रुपमा म नढाँटी भन्छु । बिहानदेखि मैले सभापतिको फोन कुरिरहेको थिए । उहाँले कल गर्नुभएन,’ थापाले भने, ‘उहाँले गठबन्धनको बैठकमा पार्टीमा कुरा गर्छु भन्नुभएको रहिछ । तर, हामीसँगै कुरा गर्नुभएन ।’

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!