हिपमत डटकम

सोमबार, पौष ०४, २०७९ || 7527  पटक पढिएको

जय_माँ_पाथिभराकि
श्री पाथिभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् पौष ०५ गते मंगलबारको राशिफल यस्तो छ

मेष–
भाग्यले साथ दिएको छ, प्रशस्तै आर्थिक लाभ हुनुका साथै प्रेम प्रसँगमा रमाइनेछ । वित्त आदिको पनि लाभ हुनेछ । आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धन लाभ हुनेछ । नउठ्ने पैसा पनि उठ्ने दिन छ ।

वृष–
फलदायक समय छ । कमाइ बढ्नाले मन प्रसन्न रहने छ । सन्तानबाट पनि सुखको समाचार आउला । आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया दिन एकदम राम्रो छ ।

मिथुन–
आर्थीक पक्ष ठिकै भए पनि झगडा र डरको सम्भावना रहेकाले सावधान रहनु होला । हात हतियारबाट जोगिनु पर्ने दिन छ । अनावश्यक वादविवादमा परिएला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरेपनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ, कसैसँग बढी रिस पनि उठ्ला ।

कर्कट–
साथी भाइबाट मान सम्मान पाइए पनि नोकरीमा अपजस आउला जस्तो छ, दिन सामान्य छ । काममा मन नजानाले कामहरु अधुरै रहने सम्भावना छ । मान सम्मानमा आघात पर्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने दिन छ ।

सिंह–
मनमा शान्ती मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछन् । पढाइमा पनि प्रगति होला । चल अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ, यसले मान प्रतिस्ठामा राम्रो हुनेछ ।

कन्या–
तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ । प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । परिवारबाट टाढा बस्नुपर्ने छ । साथै, साहित्यिक कार्यमा मन जाने छ । टाढाको यात्राबाट धनको लाभ पनि होला ।

तुला–
सुखबाट टाढा हुनुपर्ने समय छ । साथै, गरेका काममा सफलता नमिल्ने देखिन्छ । नचाइने ठाँउमा धनको नाश होला । स्वास्थ्यले साथ नदिन सक्छ, सावधान रहनु होला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । सामान्य रुघाखोकीले पनि सताउला ।

वृश्चिक–
रोकिएका अधुरा कार्य मिल्ने साथै आँट गरेको कार्य पुरा हुने समय छ, धनजनको पनि लाभ होला । कामहरु आज सजिलैसँग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको समय छ, कसैबाट समर्थन पनि पाइएला । वुद्धि विवेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइने दिन छ ।

धनु–
अनुकुल समय छ, काममा लागि पर्ने र काम पूरा गरेरै छाड्ने अठोट गरे सफल भइनेछ । व्यापार व्यवसायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धन लाभ हुने दिन छ । आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । मनोरंजनको समय रहेको छ ।

मकर–
खर्च भए पनि भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने छ । आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । यात्राको योग छ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ, यात्रा पनि हुन सक्छ ।

कुम्भ–
खर्च बढ्ने साथै मनमा दुबिधा रहने देखिन्छ । निको भइसकेको रोगले पुन सताउन सक्छ । व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनु होला । भौतिक साधनमा पनि क्षति होला ।

मीन–
व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु बन्नेछन् । आज आलस्यले पनि सताउला । नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला । तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ । काम गर्नमा समय बिताए मन खुशी हुने छ । मन लाएर काम गर्नु होला ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!