निशान कंडेल

बिहिबार, मंसिर २२, २०७९ || 15119  पटक पढिएको

विराटनगर। विराटनगर महानगरले सुरु गरेको अवैध संरचना हटाउने अभियानमा व्यापारीहरुले पनि साथ दिएका छन् ।

पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचनाहरु व्यापारीहरु आफैंले भत्काएर साथ दिएका हुन् । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने लक्ष्यका साथ महानगरपालिकाले बुधबारबाट नियमविपरीत निर्माण गरिएका संरचना हटाउन सुरु गरेको थियो । मेयर नागेश कोइरालाको घरमा भाडामा सटर लिएका व्यापारीहरुले नियमविपरीत बनाएका संरचना हटाएर अभियानको सुरुवात गरिएको थियो । महानगरले बजार क्षेत्रभित्र सौन्दर्यकरण, दुर्घटना न्यूनीकरण तथा फुटपाथ नियन्त्रणका लागि भन्दै गत कात्तिक ३ गते सार्वजनिक सूचना जारी गरेको थियो । मेनरोडका व्यापारीहरुले आफ्नो पसल अगाडि नियमविपरीत निर्माण गरेका संरचना धमाधम हटाइरहेका छन् ।

विराटनगरलाई यथास्थितिमा राख्न नसक्ने भन्ने मेयरको अभिव्यक्तिबाट आफूहरु उत्साहित भएको व्यापारी सन्तोष साहले प्रतिक्रिया दिए । “विराटनगर बनाउने अभियानमा हामी बाधक बन्दैनौं,” उनले भने, “महानगरले पनि सडकको पेटीहरुलाई व्यवस्थित बनाइदिनुपर्छ ।”
उनले महानगरले परिवर्तनको छनक दिएकोमा खुसी व्यक्त गरे । मेनरोडका व्यापारीहरुले आफैं पसलमाथि निर्माण गरेका सेटब्याक, होर्डिङबोर्ड, साइनबोर्ड हटाइरहेका छन् । मेनरोडमा मात्रै नभएर महानगरभरि नै अभियान सञ्चालन गर्न अर्का व्यापारी संजयकुमारसिंह मण्डलले प्रतिक्रिया दिए । खुद्रा व्यापार संघका अध्यक्षसमेत रहेका मण्डलले भन्सारमा कडा गर्नुपर्नेमा जोड दिए । “विराटनगर महानगरले अत्यन्तै राम्रो कामको सुरुवात गरेको छ,” उनले भने, “यो अभियान महानगरभरि सञ्चालन होस् ।”

महानगरले बिहीबार पनि अवैध संरचना हटाउने अभियान सञ्चालन गरेको छ । अस्पताल चोक आसपासको क्षेत्रमा निर्माण गरिएका संरचना हटाइएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । “नियमविपरीत निर्माण गरेका संरचनाहरु व्यापारीहरु आफैंले स्वतस्फुर्त हटाइरहनु भएको छ,” पौडेलले भने ।

मेयर नागेश कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित महानगर बनाउने सन्दर्भमा कसैसित पनि सम्झौता नहुने बताइसकेका छन् । मेयर कोइरालाले जस्तोसुकै दबाब आए पनि नियमविपरीत बनाइएका संरचना हटाउन नगर प्रहरीलाई निर्देशनसमेत दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!