आइतबार, फाल्गुण २५, २०७६ || 1263  पटक पढिएको

विराटनगरकमा बसेर सामाजिक विकृति र विसंगतिका विरुद्धमा कलम चलाउने एक शसक्त उदयीमान लेखक हुन् सुजन दाहाल । स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरेका उनी जीवन जीउनका लागि कर्म र सघर्ष दुवै गर्नु पर्छ भन्ने कुरामा विश्वास गर्छन् । सत्य तितो हुन्छ । तर एउटा लेखककले समाजमा आम मान्छेले देख्न नसक्ने कुरा देखेर लेख्नु पर्छ । समाजको समय सापेक्ष रुपान्त्तरमा निरन्त्तर लागि रहनु पर्दछ भन्ने विचार राख्छन् ।
उनी सामाजिक बिकृति र विसंगतिलाई जस्ताको त्यस्तै आम पाठक माझमा प्रस्तुत गर्न सिपालु मानिन्छन् । समाजको असमानता र बर्गिय विभेदको सुष्म अध्ययन गरी देशका प्रशिद्ध र चर्चित पत्रपत्रिका तथा अनलाइन मार्फत् आफ्नो लेखकीय कार्यलाई अगाडी बढाइ रहेका छन् । उनको परिचय त लेखकको रुपमा मात्र सिमित छैन, कलाकारको रुपमा पनि छ । राष्ट्रिय गीत तथा अन्य गीतको भिडियो, सर्ट फिल्म, विज्ञापन लगायतमा कलाकार ,कथा ;लेखन समेत गरिसक्नु भएका लेखक तथा कलाकारसंग वीरेन्द्र साहले गर्नु भएको कुराकानीः
आराम हुनु हुन्छ ?
हजुर, आराम छु ।
तपाई लेखक की कलाकार ? आफुलाई के भनेर चिनाउनु चाहनु हुन्छ ?
म दुवै क्षेत्रलाई माया गर्छु । सम्मान गर्छु । मेरो अन्तर मनबाट दुवै क्षेत्रप्रति विशेष आकर्षण र लगाव पनि छ । म जे गर्छु मनै देखी गर्छु । सके सम्म राम्रो गर्ने कोसिस गर्छु । लेखकी र कलाकारीता दुवै क्षेत्र कलासंग नै अन्र्तसम्वन्धित भएको हुँदा म ईन्जोए गर्छु । त्यसैले मलाई एउटा समाजबादी र प्रगतिशील लेखक र कलाकार दुवै रुपमा चिन्नु भए अन्यथा हुदैन जस्तो लाग्छ ।
अहिले के मा व्यस्त हुनुहुन्छ ?
मेरो धेरै समय चाँही अध्ययन र अनुसन्धान कार्यमा नै वित्ने गर्छ । किनभने एउटा लेख लेख्न धेरै नै अध्ययन गर्नु पर्छ । गहिराइृ सम्म पुगेर अनुसन्धान तथा खोजी गरी लेख्न सकियो भने सवैको लागि मार्गदर्शन र रुचाईएको बिषय हुन सक्छ । हल्का रुपमा लेखेर हुदैन । बिषयबस्तु र मुद्धाहरुलाई न्याय हुने गरी प्रस्तुत गर्न सक्नु पर्छ । केन्द्रीय र स्थानिय स्तरका विभिन्न पत्रिका र अनलाईनका लागि लेखहरु लेख्ने काममा नै व्यस्त रहेको छु ।
तपाँइले लेखन कार्य चाही कहिले बाट सुरु गर्नु भयो ?
मैले लेख्ने काम त स्कूल पढदा देखि नै सुरु गरेको हँु । त्यतिखेर स्कूलमा भित्ते पात्रो प्रकाशित हुन्थ्यो । त्यसैमा म, कथा, कविता र मूक्तक, सायरी आदी लेख्ने गर्थे । म बढदै र पढदै जाँदा मैलै समाजलाई नजिकबाट हेर्दै गए । र, समाजप्रतिको चेतना म मा विस्तार अभिबृद्धी हुदै गयो । त्यस पछि चाँही करिव ०५८÷०५९ सालदेखी पूर्ण रुपमा विभिन्न पत्रिकाको स्तम्भकारका रुपमा धेरै लेखहरु लेख्ने काम गरेको छु । करीव ४ सय भन्दा बढी मेरा लेखहरु विभिन्न पत्रपत्रिकामा आई सकेका छन् ।
तपाईलाई लेख्नका लागि प्रेरणा कसरी प्राप्त भयो ?
मलाई कलम चलाउने प्रेरणा पहिलो म स्ंययम् र दास्रो समाज हो । मेरो आत्मा, म भित्रको प्रगतिशिल विचार नै मेरो अर्को पनि प्रेरणा हो । मलाई नेपाली समाज, सामाजिक मूल्य, मान्यता, विभेद, असमानता, अशिक्षा भोकमरी, रोग लागेकाले पैशाको अभावमा उपचार नपाएको देख्दा छाती पोल्ने गर्छ । रातभरी निदाउन सक्दिन । मन नै भारी जस्तो हुन्छ । पिडा कहाँ पोखु जस्तो लाग्छ । अनि म मेरो मन भित्र उब्जिएका भूमरी र आवेगहरुलाई नै मेरो प्रेरणा मान्छु र लेख तयार गर्छु । जसले मलाई आत्मसन्तुष्टि दिने काम गर्छ ।
तपाई कस्ता बिषयबस्तुलाई बढी जोड दिनु हुन्छ ?
मेरो स्पष्ट धार छ । म सामाजिक बिषयबस्तुमा कलम चलाउछु । सामाजिक न्याय, स्वतन्त्रता, सुसासन, र नागरिकका अधिकारका क्षेत्रमा कलम चलाउन धेरै नै मन लाग्छ । तर कहिले काही राजनैनिक, धार्मिक, अत्यामिक लगायत समसामहिक बिषयमा पनि लेख्छु । मलाई सवै भन्दा आनन्द सामाजिक मुद्धाहरुको उठान गर्दा आउछ । म बिशेष गरी गरिव असहाय, अशक्त र आवाज विहिनहरुको मुद्धालाई बढी जोड दिन्छु ।
बिषयबस्तुको छनोट गर्न सजिलो छैन, कसरी बिषयबस्तु छनौट गर्नु हुन्छ ?
नेपाली समाज अहिले संक्रमित अवस्थामा छ । हाम्रो समाज सयौ होइन हजारौ समस्याहरुले ग्रस्त छ । सुख भन्दा दुःखका कुरा बढी छन् । राज्यसत्ता जहिले पनि आफ्नो स्वर्थमा मात्र हुन्छ । यो देशमा कयौ मान्छे उपचार नपाएर मरेका छन्, खान नपाएर भोकै छन् । लाउन नपाएर नाङा छन् । हाम्रो समाजमा धेरै मानिसहरुको गरिवीले दुई पत्र छाला उक्किएको छ । यस्तो विषम परिस्थितीमा मेरो मनमा उत्पन्न हुने समाजप्रतिको दृश्य नै मेरो बिषय बस्तुको छनौटको तरिका हुने गर्छ । मलाई त बिषयबस्तु छनौट गर्ने कार्य जटिल लाग्दैन, बरु कहिले समाजका मुद्धाहरु लेखिसक्नु् होला जस्तो पो लाग्छ । लाखौ कुरा लेख्न बाँकी छन् ।
तपाईले लख्नु भएको लेखले समाजमा कस्तो प्रभाव पारेको पाउनु भएको छ ?
पक्कै पारेको छ । मैले लेखेका लेखहरुले समाजमा सकारात्मक प्रभाव पारेको पाएको छु । मैले प्रत्यक्ष र परोक्ष रुपमा अनुभव पनि गरेकोछु । मेरो लेखको प्रभावले बिकृत कार्य गर्नेहरुलाई कारवाही समेत भएको मलाई थाहा छ । कतिपय अवस्थामा शासक बर्ग, व्यपारी बर्ग, राजनीतिज्ञहरुले मेरो लेखलाई अनुसरण गरको उदाहरण म संग छ । मलाई कतिलेले फोन गरेर, कतिले फेसबुक, टुईटर लगायतबाट प्रेरणा वा भनौ प्रतिक्रिया दिई रहनु भएको छ । म भन्न सक्छु कि मेरो लेखले समाजलाई पहरेदारको रुपमा काम गरेको छ । तर कहिले काँही विकृत र माफियाहरुले दुःख दिने गरेको तितो अनुभाव पनि म संग छ ।

हाम्रो समाजमा पठन संस्कृति कस्तो देख्नु हुन्छ ?
अहिले घेरै मानिसहरु लेख पढमा रुचि गर्ने गरेको देख्छु । नेपाली समाजको विशेषता भनेको अरुको कुरा काट्ने र अमुल्य समय खेर फाल्ने हो । हामीले एक सेकेण्ड पनि समय पनि खेर फाल्नु हुदैन । एक पलको पनि महत्व हुन्छ । अहिले आएर नेपाली समाज भ्रष्टिकरण भयो वा बनाइयो भनौ जसले गर्दा मानिसहरु रुपया पैसा भन्दा बाहेकको कुरै गर्दैनन् । प्राज्ञिक बहस, छलफल र विचार विमर्समा मानिसलाई रुचि खासै देख्दिन तर पनि तल्लो पुस्ता अलि भिन्न छ । जो ज्ञान र विज्ञानलाई बढाउन पठन कार्यमा संग्लन भएको देख्छु ।
भविष्यमा आफ्नो लेखन कार्यलाई कसरी अगाडी बढाउनु हुन्छ ?
राम्रो कुरा सोध्नु भो । म भविष्यमा पनि सामाजिक बिषयबस्तुमा कलम चलाउछु । मेरा लेखहरु समेटेर एउटा पुस्तकको रुपमा प्रकाशित गर्ने योजना छ । मेरो अर्को ड्रिम प्रोजेक्ट भनेको नेपाली समाजको जातिगत, धार्मिक र सामाजिक विकृतिलाई केलाएर सकारात्मक पक्षहरुको पृष्ठपोषण र उजागर गरी उपायहरुको खोजी गरेर युवाहरुको लागि पुस्तक लेख्ने योजना छ ।

तपाईको अर्को पाटोको कुरा गरौ । तपाई त कलाकार पनि हो कसरी लेखन र कलाकारितामा एकै पटक अगाडी बढिरहनु भएको छ ?
म समय मिलाएर दुवै विधाहरुमा काम गरि नै रहेको छु । पक्कै पनि घर व्यवहार, जिम्मेवारी र दायित्व हुदा हुदै पनि लेखन र कलाकारितामा एक साथ अगाडी बढन चुनौति त छ । तर चुनौति नै भएन भने त सफलता पनि हात लाग्दैन । त्यसैले मेरो दैनिक व्यस्तताको बीचमा पनि समय मिलाएर काम गरिरहेको छु ।
अन्तमा, पाठक बर्गलाई के भन्न चाहनु हुन्छ ?
सधै सकारात्मक बनौ । सकारात्मक मनमा नै सकारात्मक विचार हुन्छ । समयलाई खेर नफालौ । अरुको चियो चर्चो छोडेर सृजनात्मक कार्यमा आफूलाई समाहित गरौ । घमण्ड, क्रोध र व्यविचार छोडेर सकेसम्म राम्रो मान्छे बन्ने कोशिस गर्नु पर्छ । विभिन्न कारणहरुले गर्दा नेपाली समाज ‘आउट अफ ट्याक‘ भै सकेको छ । हामी सवै मिलेर नै समाज आर्दशमय बनाउने हो । सवैले आ–आफ्नो ठाउबाट पहल गरौ । अन्तमा, मेरो लेखहरु पढी दिनु भई सकारात्मक सुझाव दिनु हुनेछ भन्ने आशा गर्दछु । धन्यवाद ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!