काठमाडौँ । आज केन्द्रीय सुरक्षा समितिको बैठक बस्ने भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले आह्वान गरेको उक्त बैठकमा गृह र रक्षा सचिव, साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख वा प्रतिनिधिहरू सहभागी हुनेछन्।

बैठकले हाल केन्द्रीय एकीकृत निर्वाचन सुरक्षा समितिले बनाइरहेको सुरक्षा योजनाको प्रगति समीक्षा गर्नेछ र आवश्यक नीतिगत निर्देशनहरू प्रदान गर्नेछ।

गृह मन्त्रालयअन्तर्गतको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्लेको नेतृत्वमा उक्त एकीकृत निर्वाचन सुरक्षा समिति गठन गरिएको हो। गृहमन्त्री अर्यालले कार्यभार सम्हाल्नासाथै समिति गठन गरेका थिए। समितिमा सबै सुरक्षा निकायका प्रतिनिधिहरू सदस्य छन् भने उपसचिव रविन्द्र अधिकारी सदस्य सचिवको जिम्मेवारीमा छन्।

समितिले तयार पारेको सुरक्षा योजना जिल्लास्तरमा कार्यान्वयनका लागि पठाइनेछ। प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने जिल्ला एकीकृत निर्वाचन सुरक्षा समितिले योजनाको कार्यान्वयन गर्नेछ।

गृहमन्त्री अर्यालले भने, “हामी पूर्ण क्षमताका साथ निर्वाचन तयारीमा जुटेका छौँ। एकीकृत सुरक्षा योजना तीव्र गतिमा निर्माण भइरहेको छ। निर्वाचन आयोगसँग पनि निरन्तर छलफल र समन्वय भइरहेको छ, र सुरक्षा निकायहरूलाई आवश्यक स्रोतसाधनको अभाव हुन दिनेछैनौं।”

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!